
नवलपरासी । पूर्वगृहराज्यमन्त्रीको हत्या गर्ने प्रयास असफल भएको छ । नेपाली कांग्रेस नवलपरासीका अध्यक्ष समेत रहेका कँडेलमाथि शुक्रबार स्थानीय बडहरा दुबौलिया गाविस–३ ललितपुरमा आफ्नो खेतीपातीको काममा गएको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हतियारधारी समुहले गोली प्रहार गर्ने असफल प्रयास गरेका थिए । भारत उत्तरप्रदेश माहाराजगञ्ज जिल्ला ठुठीबारी बस्ने वर्ष ४२ का उज्ज्वलसिंह गडतौलाले यूपी ५३, ५८५६ नम्बरको मोटरसाइकलमा सवार भई नेता कँडेलको हत्या प्रयास गरेका थिए ।
गडतौलाले रिबल्भर झिकी चलाउन खोज्दा कँडेलका अंगरक्षक दिपक घिमिरेले तत्काल प्रतिकार गरी हत्यारालाई असफल तुल्याइदिएका थिए । तत्काल स्थानीयवासीको सहयोगमा अभियुक्तलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रिय सभापति राजेन्द्र सहानीले जानकारी दिए ।
कँडेलको हत्या गर्न आउने गडतौलाका साथमा भारतकै राजाबारी बस्ने बर्ष ४५ का योगेन्द्र पटेल पनि रहेका थिए । अभियुक्तहरूबाट ६ राउण्ड गोली र एउटा रिबल्भर फेला परेको नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिएका छन् । अभियुक्त गडतौला र पटेल सवार भई आएका मोटरसाइकललाई आक्रोशित स्थानीयवासीले जलाइदिएका थिए । हत्या गर्ने उद्देश्य बोकी आएका दुबैलाई कानुनसम्मत रूपमा कारबाही गरिने आवश्यक छानबिन गरी थप खोज तथा अनुसन्धान गरिने एस्पी उपाध्यायले बताए ।
हाल नवलपरासीको महेशपुरस्थित आफ्नै पैतृक घरमा बसोबास गर्दै आएका कँडेलमाथि विगतमा पनि गोली प्रहार गरी हत्या प्रयास भएको थियो । त्यतिबेला उनी राजधानी उपत्यकाको ललितपुर बस्दथे । पछिल्लोपटक हत्या प्रयासमा पक्राउ परेका अभियुक्तले उनीमाथि गोली चलाउले प्रयास किन गरेका हुन्, हालसम्म खुल्न सकेको छैन । महेशपुरस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानामा भारतीय सुरक्षा निकाय एस.एस.बी. र नेपाली सुरक्षा निकाय शसस्त्र प«हरी बलको चौबिसै घण्टा कडा चेक जाँच हुँदा दिउँसो १२ बजेको समयमा ६ राउण्ड गोलीसहित रिबल्भर लिई दुई अभियुक्त कसरी नेपाल सीमानाभित्र प«वेश गरे भन्ने सन्दर्भ पनि रहश्य र विशेष अनुसन्धानको बिषय बनेको छ ।
– आरपी उपाध्याय
प्रतिक्रिया