जिम्मेवारी पूरा नगर्नेले जापानी शिक्षकबाट केही सिकौँ

जिम्मेवारी पूरा नगर्नेले जापानी शिक्षकबाट केही सिकौँ


-बसन्तराज कुँवर
इन्डोनेसियामा त्यहाँको सरकारले कारागारमा रहेका कैदी बन्दीहरुलाई सामान्य जिवनमा फर्काउन र आदर्श नागरिक भएर बाँच्न सक्ने बनाउन त्यति सम्म ठूलो प्रयास गरेको होला भन्ने कुरा मलाई जकार्ता पुगुन्जेल पनि थाहा थिएन । जब मलाई कारागार व्यवस्थापन विभाग र विभागको तालिम केन्द्र भएको स्थानमा रहेको अतिथि गृहमा राखियो तब मात्रै मैले त्यसको वास्तविकता बुझें । म तिन दिनका लागिर् इन्डोनेसियामा कारागार व्यवस्थापन विषयक गोष्ठीमा भाग लिन गएको थिएँ त्यसपछि नेपालका कारागार सुधार तथा व्यवस्थापनमा कुनै पनि ठोस् कार्य नभएको अवस्था देखेर मलाई औधी दु:ख लाग्यो । म त्यतिवेला त्यस गोष्ठीमा भाग लिन जाउन्जेल नेपालमा कारागारमा रहेका कैदी बन्दीहरुलाई सुधार गर्ने कुनै खास कार्यक्रम थिएन ।
इन्डोनेसियाबाट फर्किएपछि म क्रिमिनन भन्ने गोष्ठीमा भाग लिन फेरी जापान गएँ । क्रिमिनन् भनेको जेलमा रहेका बन्दीहरुलाई सुधारेर सामान्य जिवनमा फर्काउने मद्दत गर्न तयार गरीएको एक विशेष कोर्ष हो । यस कोर्षको विकास दार्शनिक एल.रोन. हवर्डसले गरेका थिए र हाल यो कोर्ष संसारको २२ सय कारागारहरुमा लागु गरिएको छ । एसियामा यो कार्यक्रम इन्डोनेसिया सरकारले आफ्ना २५० भन्दा बढी सबै कारागारहरुमा लागु गरेको छ । दक्षिण एसियामा पनि यो कार्यक्रमले कारागारहरुमा रहेका नागरिकहरुलाई आदर्श जिवन विताउन मद्दत पुगोस् भनेर मलाई इन्डोनेसिया र जापान पर्ठाई मेरा मार्फबाट यस क्षेत्रका कारागारहरुलाई मद्दत पुगोस् भन्ने क्रिमिनन् संस्थाको मनसाय थियो । मैले दुवै स्थानमा पुगी त्यहाँको नतिजा र अनुभवहरु सुनें हेरें । जापानमा यो कार्यक्रम लागु भएको छैन र त्यहाँ यस सम्बन्धमा छलफल हुँदै रहेछ । मैले इन्डोनेसियाबाट फर्किए पछि कारागार व्यवस्थापन विभाग र तत्कालीन गृहमन्त्री बामदेव गौतमलाई यस बारे बताई यो कार्यक्रम केन्द्रीय कारागारमा सुरु गराएँ । हाल यो कार्यक्रम डिल्लीबजार कारागारमा चल्दै छ । यो कार्यक्रम व्यक्तिगत रुपमा प्रयासगरी चलाउन सकिए पनि सरकारले भने यसमा अझै कुनै रुचि र श्रोत खर्च गरेको छैन । वास्तवमा यो साँच्चीकै सुधारात्मक कार्यक्रम थियो र आज जेललाई सुधार गृह भनिने जमानाका लागि यो कार्यक्रम ज्यादै प्रभावकारी थियो तर प्रभावकारी भए पनि सरकारमा बुझ्ने मान्छे नभएपछि त्यसलाई लागु गराउन र स्थायित्व दिन गाह्रै हुँदो रहेछ । अझ मन्त्री प्रधानमन्त्रीहरु हुन खोज्नेहरु केवल केवल आफ्नै लागि मात्र बाँचेकाहरुबाट त झनै कारागारमा बसेका नागरिकहरुले केहि सुधारका बाटोहरु पाउने भन्ने कुरा झन् असम्भवै हुँदो रहेछ । जस्तो गाह्रो भएपनि मैले भने आफ्नो तर्फबाट बन्दी कैदीहरुलाई नयाँ जिवन दिन सक्ने यो कार्यक्रम लागु गराउन प्रयास गरीनै रहेको छु । कतैबाट एक रुपैंया नआए पनि आफ्नै पेन्सनको पैसावाट भएपनि त्यो कार्यक्रममा लाग्ने साधारण खर्च जुटाएकै छु । म त्यस दिन कुर्दै छु जुन दिन कुनै जिम्मेवार र साँँच्चीकै कारागारलाई सुधार गरी अपराधी भनिएकाहरुलाई समाजमा पुन सम्मानित नागरिक भई बाँच्न सक्ने बनाउने उद्देश्य लिएका कुनै प्रसासक र नेता गृह मन्त्रालय आउने छन् र यस्ता कार्यक्रमलाई अगाडी बडाउने छन् । त्यति बेलासम्म म आफ्नो तर्फबाट सक्ने प्रयास गरीनै रहनेछु ।
जापानको गोष्ठीमा एसियाका थुप्रै देशहरुले आ-आफ्ना मुलुकमा क्रिमिनन् तालिमबारे भएका गतिविधि बताईरहेका थिए । त्यस गोष्ठीमा अधिकांश क्रिमिनन् कै कुरा भयो तर एक दिन गोष्ठीकै क्रममा जापानकी एक स्कूल शिक्षिकाले जुव विषय उर्ठाईन् त्यसले भने मलाई अविस्मरणिय छाप छोड्यो । उनी शिक्षिका थिइन् र विद्यार्थीहरुले राम्रो अंक ल्याएको हेर्न चाहन्थीन् । जापानका सबै शिक्षकहरु आफ्नो विद्यार्थीहरुले राम्रो अंक ल्याएको देख्न चाँहदारहेछन् । जत्ती प्रयास गरेपनि विद्यार्थीहरु मध्य केहिले त कम अङ्क ल्याई नै हाल्छन् । यो कुरा शिक्षकहरुलाई असैहृय हुँदो रहेछ र त्यसको दोष आफूलाई नै दिदै उनीहरु मध्ये कोहिले आत्मा हत्या पनि गर्दो रहेछन् । यसरी आत्माहत्या गर्ने शिक्षकहरुको संख्या गत वर्ष र यस वर्ष जापानमा निक्कै बडेको रहेछ । यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? र त्यसका लागि विद्यार्थीहरुलाई कसरी बढी अङ्क ल्याउने बनाउन सकिन्छ भन्ने बारे शिक्षकहरुको चासो रहेछ । यसै सम्बन्धमा सहभागीहरुको केहि राय भए हामीलाई बताइदिनुहोस् भनि ति जापानी शिक्षिकाले हाम्रो अगाडी प्रश्न तेर्साइन् । त्यस्को समाधानका लागि एल.रोन.हबर्डसको कसरी अध्ययन गर्नु पर्दछ ? भन्ने पुस्तक विद्यार्थीहरुलाई फुर्सदमा पढाउँदा राम्रो हुँदो रहेछ भनेर उनले आफ्नो अनुभव पनि सुनाइन् । यो पुस्तक क्रिमिनन् तालिममा पनि अध्ययन गर्नु पर्छ किनकी कारागारमा रहेका नागरिकहरुलाई अध्ययन गर्ने बानी छुट्छ र समाजमा अध्ययन नगरी माथिपुग्न सकिन्न । त्यसपछि त्यहि पुस्तकको बारेमा त्यो गोष्ठीमा निकै वेर चर्चा चलिरहृयो ।
साँझमा गोष्ठी समाप्त भयो । जापानी शैलीमा रातको खाना खाइयो । म सुत्ने होटलको कोठामा भर्ूइँ ओच्छ्यान थियो । भर्ूइँ ओच्छ्यानमा सुत्ने त्यहाँको परम्परागत शैली रहेछ । मेरो होटल अग्लो स्थानमा थियो । तल गहिरोमा सहर देखिन्थ्यो । रातमा पनि दिनजस्तै देखिने गरी वत्तीको उज्यालो थियो । म ओच्छ्यानमा पल्टिएँ । पल्टिएरै म मुनिको झिलिमिली भएको शहर हेर्न सक्थें । कुनैवेला स्वयम्भुनाथमा उक्लीएर काठमाण्डौं शहरको तिहारको दिपावली हेर्न म जाने गर्दथे । त्यतिवेला स्वयम्भूबाट काठमाण्डौं शहर जस्तो देखिन्थ्यो त्यस्तै झिलिमिली म होटल कोठामा तल देखि रहेको थियो । म नेपालबाट त्यस गोष्ठीका लागि जाँदा यहाँ १४ घन्टे लोडसेडीङ्ग थियो । त्यो शहर हेर्दै मेरो मनमा अनगिन्ती विचारहरु मानसपटलमा आउन थाल्यो । त्यस मध्य मेरो विचारको केन्द्रीवन्दुमा ती जापानी शिक्षकहरु पनि आए जसले आफ्ना विद्यार्थीले राम्रो अङ्क ल्याएनन् भन्दै त्यस्को जवाफदेयिता आफूले लिएर आत्महत्या गरेका थिए ।
मैले सोचें आखिर ति शिक्षकलाई कस्ले गाली गरेको थिए र ? कस्ले आत्माहत्या गर्नु भनेको थिए र ? कस्ले ती विद्यार्थीले कम अङ्क ल्याएकुोमा जिम्मेवार नै ठहराएको थिए र ? तर पनि तिनले त्यस्को सम्पूर्ण जिम्मा आफूले आफैलाई लगाउँदै प्राणनै त्याग्ने निर्णय गरेका थिए । म जुन मुलुकबाट हुर्किएर त्यहाँ गएको थिएँ मेरा लागि भने ती शिक्षकहरुले आत्माहत्या गर्नु पर्ने कुनै कारण थिएन । मेरो देशमा कसैले पनि आफूले लिएको जिम्मेवारी पुरा नगर्दैमा आत्मा गर्नु पर्दैन । ६ सय संसदहरुले भत्ता खाई संविधान नबनाए पनि तिनले यहाँ आत्माहत्या गर्नु पर्दैन । पेट्रोल बेच्नेले मिसावट गरेपनि यहाँ आत्मा हत्या गर्नु पर्दैन । कर्मचारीले सेवा ग्राहीहरुलाई नै दु:ख दिदै तिनीहरुबाट घुसै खाएपनि आत्माहत्या गर्नु पर्दैन । जनताको जिवनस्तर बढाउँछु भन्दै हरेका परियोजना, मलको आपर्ूर्ति, हवाईजहाज खरीद, हातहतियार खरिद देखि लिएर कर्मचारीको सरुवा बढुवामा समेत खुल्लमखुल्ला कमिसन र घुस माग्ने मन्त्रीहरुलाई पनि यहाँ आत्माहत्या गर्नु पर्दैन । म यस्तो देशबाट गएको व्यक्तिलाई आफ्ना विद्यार्थीले कम अङ्क ल्याए भनेकै भरमा चित्त दुखाई जंगल छिरेर आत्मा हत्या गर्ने ति जापानी शिक्षकहरु मूर्ख जस्तो लाग्नु स्वभाविकै थियो । सानै देखि वरिपरी जाल, झेल, षड्यन्त्र र ठगी विच हुर्किएको म जस्तो व्यक्तिका लागि त्यो शिक्षकको नैतिकता र इमान्दारिता नपच्ने गुण झैं लाग्ने गर्दथ्यो । आज म जब आफ्ना देशका जिम्मेवार व्यक्तिहरुसंग ति मर्ने शिक्षकहरुको तुलना गर्छर्ुुयसलाई देख्दा मलाई लाग्छ हाम्रो देशमा अधिकांश व्यक्तिहरुले आत्मा हत्या गर्नु पर्छ ।
कुनै पनि मुलुक त्यसै जापान हुँदो रहेनछ । दोश्रो विश्वयुद्ध पछि धरासै भएको त्यो मुलुक यस्तै जापानी शिक्षकहरु जस्तै आफ्नो जिम्मेवारी प्रति जवाफ देयिता लिएका नागरिकहरुका कारण नै त्यतिमाथि पुगेको रहेछ । त्यो जवाफदेयिता प्रधानमन्त्री हुने देखि लिएर ट्याक्सी वा ट्याम्पु चालकसम्म बराबरी रुपले लिनु पर्ने रहेछ । केवल आफ्नै लागिमात्र जागीर खाने, राजनीति गर्ने, व्यपार गर्ने व्यक्तिहरुबाट मुलुक सुध्रिने होइन रहेछ । ती जापानी शिक्षकले ति विद्यार्थीलाई नै दोष लगाउँदै पन्छन पनि सक्थे थर उनी पन्छेनन् बरु प्राण नै त्याग गरे । जब म यहाँ हरेक दिन यहाँका राजनेताहरुले एकले अर्कालाई दोष लगाउँदै आफू पन्छन खोजेको देख्छु त्यतिवेला मलाई लाग्छ मैले तिनलाई यी जापानी शिक्षकहरुको जिवनी सुनाइदिनु पर्छ । मैले पनि ती शिक्षकका कथाहरुबाट थुप्रै कुरा सिकें । मलाई लाग्छ प्रधानमन्त्री हुनेहरुले पनि ती जापानी शिक्षकको जीवनबाट केहि कुरा सिक्नु पर्छ । यद्यपी एउटा कोणबाट हेर्दा शिक्षक नामर्द पनि देखिएला तर अर्को कोणबाट हेर्दा ती शिक्षकले लिएको जिम्मेबारी वोद वास्तवमै काविले तारिफ छ ।
अन्नमा ढुङ्गा मिसाउने, आफै कानुनको पालना गर्ने जिम्मा लिई आफै अपराधमा सकृय हुने, परियोजना शुरु गरेर कहिल्यै नसिध्याउने, ट्याक्सीको मिटर विगारी बढी पैसा लिने, पानी धारामा नपर्ठाई धाराको पैसा लिने, मिलोमतोमा जंगल र गैंडा मास्ने, मेरो देशका सबै दाजुभाईहरुले यी जापानी शिक्षकका जीवनी यस लेख मार्फत पढुन् र केही बुझी आफ्ना जिम्मेवारी बोध गरुन् भन्ने मेरो कामना छ ।
नेपालमा पनि जिम्मेवारी पुरा गर्न नसक्नेहरुले राजीनामा दिने मात्र होइन आत्माग्लानीको अनुभव पनि गर्न सिक्नु परेको छ । जिम्मेवारी पूरा नगर्नेले जापानी शिक्षकबाट केही सिकौं ।