मोनाबाट मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग

मोनाबाट मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग


हङकङ । गत फेब्रुअरी २६, याउ मा तेइस्थित, मोना हङकङको कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ र पुन मगर समाज हङकङको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरी हङकङ डलर १२७,५२०/(एक लाख सत्ताइस हजार पाँच सय बीस हङकङ डलर) एक अनौपचारिक कार्यक्रममा विनोद पुनका दाजु दिपक पुनलाई डम्मी चेकको साथ संकलित रकम र सहयोग दाताहरुको नामवली हस्तारण गरियो।
उक्त डम्मी चेक मोना हङकङका अध्यक्ष दल सेर्बुजा र पुन मगर समाजका अध्यक्ष राजु गर्बुजाले संयुक्तरुपमा तथा रकम र नामवली आर्थिक सहयोग संकलन समितिका संयोजक मोना हङकङका कोषाध्यक्ष कर्ण पुनले हस्तान्तरण गरेका थिए। छोटकरीमा सम्पन्न उक्त अनौपचारीक कार्यक्रम मोना हङकङका सचिव लोकेश बोगटीले संचालन गरेका थिए भने मोना हङकङका अध्यक्ष दल सेर्बुजा र पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजाले आर्थिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए।
हङकङमा बस्दै आउनु भएको विनोद पुन ओखरबोट गा बि स ३, म्याग्दीका हुन। त्तभ् ज्यकउष्तब हिङकङमा उपचारको क्रममा उनको दुबै मृगौलाले काम गर्ने असफल भएको चिकित्सकले जानकारी दिएपछि अहिले टिचिङ हस्पितल नेपालमा उपचारको क्रममा छन्।
स्मरण रहोस्, यसभन्दा पहिले मोना हङकङले मिन बहादुर पुन, धन कुमारी गर्बुजा, गीता पुन, कमला बिक, लिल बहादुर तिलिजा र सोम बहादुर बिकलाई मृगौला, मुटु, छाला आदिसम्बन्धी उपचारको लागि सहयोग गरेको थियो। -इन्द्र, हंगकंग