क्लार्क जुत्ताका लागि मरिहत्ते चिनियाँहरु

क्लार्क जुत्ताका लागि मरिहत्ते चिनियाँहरु


लण्डन । सुदूरपूर्वी क्षेत्रका पर्यटकहरुले यस वर्षलाई “चिनियाँ जुत्ता वर्ष“ बनाउने जमर्को गरेका छन् । चिनियाँ पर्यटकहरु सोमरसेटस्थित जुत्ताका लागि ताज्जुब लाग्ने क्लार्क जुत्ताको भण्डार तथा म्युजियममा धमाधम हूलका हूल जान थालेका छन् । सानो गाउँको गलीमा बेलायती जुत्ता निर्माणकर्ताले यो कम्पनी सन् १८२५ देखि स्थापना गरेर उत्पादन शुरु गरेका जुत्ताहरुले अहिले चिनियाँ ग्राहकहरुलाई हदै आकर्षित गरिरहेको छ । चिनियाँ पर्यटकीय, चाइना होलिडेकी कार्यकारी निर्देशक, स्टेफेनी चेङ्ग सोमरसेटको सानो गलीमा क्लार्क जुत्ताबारे सहि तथ्य बुझ्न तथा जुत्ता खरिद गर्न पुगेकी थिईन् । समाचारदातालाई तिन्ले …..चीनमा क्लार्क जुत्तालाई चिनियाँहरुले हदैसम्म मनपराउँछन्, जुत्ताका डिजाइन् र गुणस्तरले ख्यातीप्राप्त गरेको छ … जतिबेला चिनियाँहरु बेलायत आउँछन् जुत्ताको मूल्य तुलनात्मक हिसाबामा सस्तो भएकोले आफ्नोलागि र परिवारका लागि कम्तीमा ५, १० जोर जुत्ता किनेर स्वदेश फिर्ता हुँदा किनेर लग्छन् अनि उनीहरु निश्चित रुपमा क्लार्क जुत्ताको घर अर्थात् म्युजियम हेर्न यहाँ आउँछन् … भनेर प्रकाश पारेकी छिन् । आधुनिक क्लार्क जुत्ताको मूल्य चीनमा अहिले २ गुणा बढेर गएको छ र देशका मध्यवर्गीय जनताले क्लार्क, नाइक, रिबोक र डाक्टर मार्टिनजस्ता ब्राण्डका जुत्ताहरु प्रयोगका लागि छान्न थालेका छन् । धेरै चिनियाँ पर्यटकहरु बेलायत आउँदा शुट्केसभरि जुत्ताहरु खरिद गरेर स्वदेश लगेर जान्छन् ।
जेम्स क्लार्क नाम गरेका क्वेकार भाइहरु मध्येका एक जनाले भेडाको छालाहरुबाट स्लिपरहरु सिलाएर बेच्ने एउटा सी एण्ड जे क्लार्क लिमिटेड कम्पनीको स्थापना गरेका थिए । केही वर्षभित्र यस कम्पनीले एकै महिनामा एकहजार जोडा स्लिपरहरु बेच्न सफल भएको थियो । श्रोत – मेट्रो, सुमल, मेस ।