संखुवासभा समाजको विदाइ कार्यक्रम

संखुवासभा समाजको विदाइ कार्यक्रम


हङकङ । संखुवासभा समाजको छैंटौ अधिवेशनबाट निर्वाचित प्रेम कुमार कोरङगीको अध्यक्षतामा नवगठित कार्य समितिले पूर्व कार्य समितिलाई गत शनिवार २६ तारिख एक रात्रिभोज कार्यक्रमको आयोजना गरी बिदाइ कार्यक्रम सम्पन्न गर्‍यो । उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु लाल बहादुर गुरुङ, कृष्ण बहादुर लिंखा, लब कुमार गुरुङ, डम्बर घले, असइ, ललित जङ राई, निवर्तमान अध्यक्ष हेम राई र भूपू कोषाध्यक्ष एवं बीटीसी ग्रुपका डाइरेक्टर बसन्त राईलाई आतिथ्यता प्रदान गरिएको थियो ।
सबै अतिथिहरुले मन्तब्यको क्रममा पूर्व कार्य समितिको मुक्तकण्ठले खुलेर प्रशंसा गरेका थिए । उक्त अवसरमा समाजका अध्यक्ष प्रेम कुमार कोरङगीले वार्षिक रुपमा मनाइने नयाँ वर्ष २०६८ को शुभकामना आदान-प्रदान कार्यक्रम आउदो अप्रिल महिनाको १० तारिख आइतबार मंकीहिलमा मनाइने जानकारी गराए । सो कार्यक्रमको सन्देश सबै जिल्लावासी एवं शुभेच्छुक शुभचिन्तकहरुमा पुर्‍याउन सबैमा अनुरोध गर्दै समाजको वार्षिक कार्यतालिका सहितको क्यालेण्डर र समाजको मुखपत्र हाम्रो संखुवासभा चौंथो अंक सोही कार्यक्रममा सार्वजानिक गर्ने कुरा सार्वजानिक गर्दै उक्त वार्षिक कार्य तालिका तयार पार्न सबैमा सल्लाह सुझावको अपेक्षा राखे । सो कार्यक्रममा समाजका निवर्तमान पदाधिकारीहरुलाई सल्लाहकार लाल बहादुर गुरुङले खादा लगाई सम्मान गरिएको उक्त रात्रिभोज कार्यर्कमको प्रायोजक एवं बीटीसी ग्रुपका डाइरेक्टर बसन्त राईलाई अर्का सल्लाहकार कृष्ण बहादुर लिंखाले खादा लगाई सम्मान गरेकाथिए । जोर्डनस्थित मनकामना रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रमको संचालन सचिव अजम्वर घलेले गरेका थिए भने सबै अतिथि एवं उपस्थित महानुभावहरुमा उपाध्यक्ष मनोज गुरुङले स्वागत गरेका थिए ।
स्मरण रहोस्, उक्त विदाइ कार्यक्रम रात्रिभोजको प्रायोजक पूर्व कोषाध्यक्ष एवं बीटीसी ग्रुपका डाइरेकटर बसन्त राईले सन् २००९ को देउसी-भैलो कार्यक्रममा दक्षिणास्वरुप संखुवासभा समाजलाई हङकङ डलर ५००० प्रदान गरेका थिए । -कोरङगी प्रेम, हंगकंग