विश्वको सबैभन्दा ठूलो परिवार भारतमा

विश्वको सबैभन्दा ठूलो परिवार भारतमा


लण्डन । जिवोना चाना नामका एक व्यक्ति आफ्ना ३९ जना श्रीमतीहरु, ९४ जना सन्तानहरु, १४ जना बुहारीहरुलगायत ३३ जना नाति-नातिनीहरुसँग संयुक्तरुपमा भारतअधीनस्त मिजोराम राज्यको वक्तवान नामको पहाडी गाउँको चारतले सयवटा कोठाहरु भएको घरमा बस्दछन् ।

एक ठूलो होटलको परिवेशमा कंक्रिटको सो १०० कोठे महलमा रहने चाना भन्छन् – “म आफूलाई भगवानको विशेष छोरा मान्छु जसले १८१ जनाको परिवारको हेरचाह गर्ने मौका पाएको छ र भाग्यमानी यस कारणले मान्छु आफूलाई कि मलाई ३९ वटी श्रीमतीहरुको माया प्राप्त भएको छ ।”
सो १८१ जनाको संयुक्त परिवारमा मिलिटरी नियमजस्तै कडा नियम लागू गरिएको हुन्छ, जसलाई समस्त परिवारले पूरा लगनका साथ पालन गर्ने गर्दछन् । परिवारकी जेठी श्रीमती जाहिंगीले आफ्नी सौताहरुलाई दैनिक रुपमा सरसफाइ, लुगा धुलाइ र खाना पकाउने आदि कामहरु नियमवद्ध रुपमा छुट्याएकी हुन्छिन् । एक साँझको खानाको लागि तीसवटा कुखुरा, एकसय बत्तीस पाउण्ड आलु, दुई सय बीस पाउण्ड भात पकाउने गरिन्छ सो चाना महलमा ।

सो पहाडी गाउँमा जिवोना चाना त्यो व्यक्ति हुन् जसले समाजका व्यक्तिहरुलाई तिनले चाहेका संख्यामा श्रीमतीहरु राख्ने अनुमति गर्दछन् ।
जिवोनाले आफू पूर्ण तरुण हुने ताका एकै वर्षमा दशजनालाई श्रीमती बनाएर घर ल्याएका थिए र एकै पलंगमा सुत्ने गर्दथे । तर बूढो हुँदै गएपछि भने, पछिल्ला श्रीमतीहरुलाई आफ्नो बेडरुमको नजिक नजिक र पुरानाहरुलाई पर पर राख्ने गरेका छन् । उनले आफ्नो कोठामा सुत्नका लागि श्रीमतीहरुलाई समय चक्रको तालिका बनाएर दिएका हुन्छन् र तिनलाई श्रीमतीहरुले गर्वले पालन पनि गर्दछन् ।

३५ वर्षीया रिन्कमिनी भन्छिन् – “हामीहरु एनको अगाडि हरहमेसा रहन्छौं, किनकि उनी परिवारको सबैभन्दा महत्वपूर्ण मान्छे हुन् र गाउँभरिमा सबैभन्दा हृयाण्डसम पनि ।” आफूलाई अठारह वर्षअघि बाटोमा देखेर आफ्नो हात माग्दै चिठि पठाएका थिए । अर्की श्रीमती हुन्थार्घान्की भन्छिन् – “हाम्रो परिवार एकअर्काको परिपुरकको रुपमा रहेको छ । परिवार आत्मिक माया तथा इज्जतको आधारमा व्यवस्थित छ ।” गाउँका उक्त धार्मिक समाज, जसको जिवोना चिफ हुन् मा चार सयजना सदस्यहरु छन्, तिनका अनुसार तिनका चिफले अर्की श्रीमती हेर्न वा खोज्नलाई छोडेका छैनन्, त्यसको मतलव उनको परिवार अझै झाँगगिँदै जाने पक्का छ । आफ्नो परिवारलाई विस्तृत गर्नको लागि आफू अमेरिकामा गएर पनि विवाह गर्न आफू पछि नपर्ने जिवोनाको भनाइ छ ।

जिवोनाका छोराहरुमध्ये एकको भनाइमा आफ्नो हजुरबाबाका पनि प्रशस्तै श्रीमतीहरु भएको र बुबाको पनि त्यस्तै हो, तर आफनो बाबाले गाउँका गरीव परिवारकी छोरीहरुलाई नै विवाह गर्ने गरेका छन्, जसले गर्दा त्यो गरीव परिवारको उद्धार हुन्छ ।-देब, मेस, श्रोत सन