निसानको सपना ब्रिटिश ग्याँसबाट पूरा

निसानको सपना ब्रिटिश ग्याँसबाट पूरा


लण्डन । बेलायतको पहिलो पूर्ण बिजुलीबाट चल्ने निसान कार कम्पनीको निसान लिफ कारका लागि उर्जा आपूर्ति अर्थात् चार्ज गर्नका लागि घरेलु मोटर ग्यारेजहरु र वाहन प्रवेश गर्ने बाटोहरुमा विद्युत आपूर्तिका प्वाइन्टहरु जडान गरिदिने विषयमा ब्रिटिश ग्याँससँग अनुबन्ध गरेको समाचार प्रकाशमा आएको छ ।
बेलायतका विशाल उर्जा कम्पनीले विद्युत चार्ज गर्ने प्वाइन्टहरु निर्माण गरेपछि १२ देखि ८ घण्टासम्मको समय उपभोक्ताहरुका लागि फाइदा हुनेछ । विज्ञहरुले अड्कल गरेअनुसार सन् २०२० सालसम्म बेलायतका १० प्रतिशत कारहरु विद्युतबाट चल्ने कारहरु हुनेछन् । चार्ज प्वाइन्ट निर्माण रकम ९ हजार पाउण्ड लागे तापनि निसान लिफ कारलाई एकपटक चार्ज गर्दा केवल २ पाउण्ड रकम लाग्छ । यसबाट कार १७५ किलोमिटर अर्थात् १०९ माइलसम्म चल्न सक्छ । निसान कम्पनीका कार्यकारी निर्देशक पाल विलकोक्सले …..लिफ कारको निर्माणले देशका लागि विद्युतीय कारहरु प्रयोग गर्ने अभियान नै ल्याउनेछ…. भनेर प्रकाश पारेका छन् र उनले आफ्नो भनाइलाई अघि ….ब्रिटिश ग्याँससँगको सहकार्यमा जानुको अर्थ लिफकार चालकहरुका लागि घर-घरमा चार्जिङ प्वाइन्टहरु जडान गरिदिएपछि छिटो छरितो ब्यावसायिक सेवा उपलब्ध गराउने कुरामा ढुक्क हुनेछ र सस्तो र सफा इन्धनको उपभोग हुनेछ… भनेर अगाडि उद्धृत गरेका छन् । ब्रिटिश ग्याँसले ९ हजार पाउण्डको लागत आउने सोलार प्यानल जडान गरेर ग्राहकहरुलाई बढी स्वच्छ वातावरण दिलाउनका लागि मद्दत गर्ने कुरा जाहेर गरेको छ साथै सित्तैमा सोलार पावरबाट प्राप्त विद्युतीय उर्जाबाट कार चार्ज गर्न सकिनेछ । ब्रिटिश ग्याँसका कार्यकारी निर्देशक फिल बेन्टलीले …. आजदेखि बेलायतीहरुले सोलर उर्जाबाट कार चार्ज गरेर गाडीहरु हाँक्न सक्ने भयो भनेर प्रकाश पारेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।