
नाङ्लो या ठेलामा सामान राखेर व्यवसाय गर्ने व्यक्तिलाई समाजले कति भाउ देला ? यस्ता व्यक्तिप्रति खास कसैको ध्यान खिचिँदैन । तर, भारत इलाहावादमा ठेलामा पकौडा बनाएर बेच्ने रामबाबुको चर्चाले यतिबेला व्यापकता पाएको छ । ठेलामाथि ओदानमा बसालिएको ठूलो कराहीमा हरदम दुई सय डिग्री सेल्सियसमा तेल उम्लिरहेको हुन्छ, त्यसमा पकौडा तैरिरहेका हुन्छन् । तर, पकौडा पाकेपछि कराहीबाट निकाल्न ६० वर्षीय रामबाबु कुनै औजार प्रयोग गर्दैनन् । उनी आरामका साथ त्यो काम आफ्नो नाङ्गो हातले नै गर्छन् । विगत ४० वर्षदेखि उनी यसरी नै उम्लिरहेको तेलमा हात हालेर पकौडा बेचिरहेका छन्, तर अहिलेसम्म उनको हातमा एउटा फोकासम्म पनि उठेको छैन । यसरी नाङ्गै हातले पकौडा पकाउने गरेकै कारण पनि रामबाबुको व्यापार चम्किएको छ । दिनमा सय किलो स्वादिस्ट पकौडा बेच्ने रामबाबुको त्यो रवैया हेर्नकै लागि पनि मानिस उनको ठेलावरपर झुम्मिने गरेका छन् ।
प्रतिक्रिया