
क्यान्सरसँगको लडाइँमा सानदार जित हासिल गरेर पुन: काममा जुटेकी मनीषा कोइराला छिट्टै मलयालम फिल्म ‘इटवापाती’मा देखिँदै छिन् भने ‘चेहरे’ नामक हिन्दी फिल्मको तयारीमा पनि उनले कम्मर कसेकी छिन् । तर, केही वर्षको रिक्ततापछि सिनेसंसारमा हुन लागेको पुनर्वापसीका कारणभन्दा पनि मनीषा यतिबेला बेग्लै कारणले चर्चामा छिन् । वलिवुड कलाकारहरूको परम्परा या प्रवृत्ति तोड्दै मनीषाले आफ्नो बडीगार्डको रूपमा एक महिला नियुक्त गरेपछि उनको फरक चर्चा सुरु भएको हो । महिला बडीगार्ड राखेको कुरा ट्विटरमार्फत सार्वजनिक गर्दै मनीषाले लेखेकी छिन्, ‘महिला अङ्गरक्षक !केवल महिला नै एक–अर्काको रक्षा गर्न सक्छन् । समाजसेवा घरबाट सुरु हुन्छ र त्यसपछि समाजसम्म पुग्छ ।’
महिलाले मात्र वास्तविक रूपमा एक–अर्कोको हिफाजत गर्न सक्ने तर्कसहित यसरी मनीषाले महिला अङ्गरक्षक राखेको सन्दर्भलाई कतिपयले ‘मनीषाद्वारा खोजिएको महिला सशक्तीकरणको नयाँ उपाय’ भन्दै टिप्पणी गरेका छन् । स्वयम् मनीषा भने आफ्नो यस कदमप्रति साँच्चै मख्ख र मग्न छिन् ।
प्रतिक्रिया