छोरीको निम्ति पाँच अर्बको हिरा

छोरीको निम्ति पाँच अर्बको हिरा


China diamond-ll
हङकङका एक धनाढ्यले आफ्नी सात वर्षीया छोरीका लागि विश्वकै महँगो हिरा खरिद गरेर चर्चा कमाएका छन् । ‘ब्लु मून’ नामक उक्त हिरालाई चार करोड ८२ लाख डलरमा खरिद गरेर चिनियाँ व्यवसायी जोसफ लाउ किनबेचको दुनियाँमा एक उदाहरण बन्न पुगेका हुन् । जेनेभामा आयोजित लिलाममा सहभागी भएका जोसफले नाबालक छोरीको निम्ति यति ठूलो धनराशिमा ‘ब्लु मून’ खरिद गर्नुअघिसम्म सर्वाधिक महँगो हिरा खरिद गरेको रेकर्ड हङकङकै एक संस्थाको नाममा थियो, जसले पाँच वर्षअघि ‘ग्राफ पिंक’ नामक हिरा चार करोड ६० लाख डलरमा खरिद गरेको थियो । छोरीप्रति अत्यन्त लगाव राख्ने जोसफले आफूले खरिद गरेको हिराको नाम ‘द ब्लु मून अफ जेसिफन’ राखेका छन् । २९.६२ क्यारेटको उक्त हिरा एक वर्षअघि मात्र दक्षिण अफ्रिकाको खानीमा भेटिएको थियो, जसलाई एक निश्चित् डिजाइनमा ढालेर पालिस गर्न मात्र ६ महिना लागेको थियो । काटेर मिलाउँदा सो हिराको तौल १२.०३ क्यारेट रहेको छ, जो अत्यन्त आकर्षक देखिन्छ ।