
एक मस्त जवान युवती कम्मरमुनिको शरीर पूरै निर्वस्त्र पारेर सहर घुम्छिन्, बस र ट्रेनमा यात्रा गर्छिन्, तर आसपासकालाई त्यसको भनकसम्म पनि लाग्दैन भने यसलाई के भन्ने ? पक्कै पनि यो एउटा रोचक र आश्चर्यको सन्दर्भ बन्न सक्छ । हो, हङकङकी एक मोडल युवतीले प्रदर्शन गरेको यस्तो धृष्टतालाई यतिबेला रोचक विषयकै रूपमा लिई सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले भाइरल बनेको उनको तस्बिर तथा भिडियो सेयर गरी मनोरञ्जन लिइरहेका छन् । गोरी मोडलले शरीरको माथिल्लो हिस्सामा त सेतो टि–सर्ट लगाइन्, तर कम्मरमुनिको भागमा भने डेनिम जिन्सको डिजाइनमा पेन्ट गराइन् । यसरी गुप्ताङ्गसहितको आधा शरीर नाङ्गै थियो र पनि पेन्टरको कलाकारिताका कारण सबैको आँखाले धोका खाइदियो । देख्नेहरू उनको पोसाकप्रति एकपटक अवश्य केन्द्रित हुन्थे, तर युवतीले निकै टाइट जिन्स पहिरिएको अनुभूति गर्दथे न कि उनी नग्न भएको पत्तो पाउँथे । उनको टी–सर्टको पछिल्लो भागमा ठुल्ठूला अक्षरमा ‘No pants are the best pants’ लेखिएको थियो । आफू बिनाप्यान्टस् सार्वजनिक स्थानमा हिँडिरहेको जनाउ दिन मोडल युवतीले टी–सर्टमा त्यस्तो लेखेकी थिइन्, तर कसैले त्यसको निहितार्थ बुझ्नै सकेनन् ।
प्रतिक्रिया