केपी ओलीको पछि नलाग्ने कांग्रेसको सही निर्णय :: पौडेल

केपी ओलीको पछि नलाग्ने कांग्रेसको सही निर्णय :: पौडेल


Ramchandra paudel - Copy
काठमाडौं । वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी नभएकोमा कांग्रेसभित्रै पनि चर्को आलोचना भइरहेको परिवेशमा कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले केपी ओलीको पछिाडि नलागेर उचित काम गरेको धारणा अघिसारेका छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारमा नगएर सही निर्णय गरेको र कांग्रेसले गरेको यो राम्रो निर्णयको इतिहासले मूल्यांकन गर्ने नेता पौडेलले बताए । शनिबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य दिँदै कार्यबाहक सभापति पौडेलले आफूले गरेका निर्णय जवाफदेही भएकाले देशको एकताका लागि उपयोगी भएको जिकिर गर्नुभयो ।
सन्तुलन जोगाएर लैजाँदा धेरै बुद्धि पु¥याउनुपर्ने भन्दै नेता पौडेलले वर्तमान सरकारको नेतृत्व गर्नुभएका ओलीको नेतृत्वलाई स्वीकारिँदा बुद्धिमानी हुँदैनथ्यो, यसको पुष्टि पछि हुने दाबी गरे । उनले नेपालमा अहिले संविधान जारी गर्दा केही अप्ठ्यारो स्थिति देखापरेको भन्दै आठ वर्षको कामलाई निष्कर्षमा पु¥याउन नसकिने हो कि भन्ने डरले हतारमा संविधान जारी गरेको खुलासा पनि गरे ।

यसैबीच मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख राजनीतिक दलको बैठक बोलाएका छन् । मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाए । उनका अनुसार देशमा देखिएको समस्या समाधानका लागि प्रमुख दलको समान धारणा बनाउने उद्देश्यले आइतबार साँझका लागि बैठक डाकिएकोे हो । बैठकमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी), राप्रपा (नेपाल), मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) तथा राप्रपाका शीर्षनेताको उपस्थिति हुने छ ।