आतङ्ककारीसँग जुझ्ने यी सुन्दरी

आतङ्ककारीसँग जुझ्ने यी सुन्दरी


Kurdis
संसारकै खतरनाक आतङ्ककारी सङ्गठन आईएससँग जुझ्ने कुर्दिस सुन्दरीका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । बर्बर आईएस आतङ्ककारीहरूसँग निर्भीकताका साथ लड्ने यी सुन्दरीहरू उत्तरपश्चिमी इराकको पहाडी क्षेत्रमा कुर्दिस्तान लेबर पार्टीअन्तर्गत रही पुरुष लडाकुकै दाँजोमा हरदम सशस्त्र कारबाहीको लागि तत्पर रहन्छन् भने यिनले कैयन आतङ्कवादीको प्राण लिइसकेका छिन् । इराकमा क्रूर आतङ्ककारीको कर्तुत देखेर तीविरुद्ध स्वस्फुर्त लडाइँको मैदानमा उत्रने १८ देखि २५ वर्ष उमेर समूहका कुर्द युवतीको सङ्ख्या बढ्दो छ । आफ्नो निजी जिन्दगीको बेवास्ता गरी देशरक्षाका लागि उत्रिएका यी सुन्दरीहरूमध्ये कैयनले श्रीमान् र बालबच्चा नै छोडेर मैदानमा होमिएबाट देशप्रतिको माया कस्तो हुँदोरहेछ, बुझ्न सघाउँछ ।