प्रचण्डपथ ‘तेस्रोलिङ्गी’ धार हो -समशेर ठाकुरचन्द्र गहतराज (अध्यक्ष, राष्ट्रिय सममुक्ति पार्टी)

प्रचण्डपथ ‘तेस्रोलिङ्गी’ धार हो -समशेर ठाकुरचन्द्र गहतराज (अध्यक्ष, राष्ट्रिय सममुक्ति पार्टी)


० पार्टी नै पार्टी भएको देशमा तपाईंले नयाँ पार्टी घोषणा गर्नुभएछ नि, किन ?
– आवश्यक ठानेर नै नयाँ पार्टी खोलिएको हो । हाल विद्यमान तमाम राजनीतिक दल र दलका नेताहरू जुनसुकै वादमा सञ्चालित भए पनि एकल जातीय अधिनायकवादी राज्यसत्ता लाद्नमै तल्लीन छन् । बहुसङ्ख्यक जनताको मुक्ति र अधिकारप्रति उनीहरूलाई कुनै सरोकार छैन । तर्सथ जनताको मुक्ति र अधिकारको ग्यारेन्टी गर्नुका साथै मुलुकलाई अग्रगतिमा लैजान नयाँ दर्शनसहित वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएकोले नै ‘राष्ट्रिय सममुक्ति पार्टी’ गठन गर्नुपरेको हो ।
० ‘सममुक्ति’को अर्थ के हो ?
यसका चार अर्थ छन् । पहिलो, ‘स’को अर्थ हो- सम्पूर्ण, ‘म’को अर्थ हो- मनुष्य, मुक्ति भनेकोचाहिँ मुक्ति नै भइहाल्यो । तर्सथ सम्पूर्ण मनुष्यको मुक्ति, सममुक्ति । दोस्रो, ‘स’को अर्थ हो- सर्वहारा-दलित, शोषित-पीडित, सुद्र-सोल्कन, सीमान्तकृत पिछडा समुदाय र श्रमिक । अनि ‘म’को अर्थ हो- मंगोल मूलवासी ?मतवाली जनजाति) मधेसी, मुसलमान, मंकाखल:, महिला र मजदुर । तर्सथ, राज्यले हालसम्म राज्यको नीति-निर्माण तहमा सहभागी हुनबाट वञ्चित गराइएका उल्लेखित ‘सम’ वर्गका जनताको मुक्ति । तेस्रो- ‘सम’को अर्थ हो- भूमि । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यहाँको अधिकांश ८८ प्रतिशत भूमि यहाँका मूलवासी भूमिपुत्रहरूको अधीनमा नभएर अतिक्रमण र अपहरित हुन पुगेको छ । जल, जङ्गल, जमिन र जडीबुटीमा मूलवासी, धर्तीपुत्रहरूको अधिकार छैन । वास्तवमा ‘सम’ अर्थात् ‘भूमि’लाई मुक्ति दिलाएर वास्तविक हकदार अथवा सरोकारवाको मातहतमा ल्याई उनीहरूलाई मालिक बनाउनु पनि ‘सममुक्ति’को अर्थ हो । यसैगरी ‘सम’को चौथो अर्थ हो- बराबर, समान, समानता । हामी सम्पूर्ण मनुष्यको समान रूपले उन्नति, प्रगति र मुक्ति चाहन्छौँ ।
० तपाईंहरूको राजनीतिक दर्शन ?
– ‘समवाद’ ।
० त्यसको अर्थ के हो नि ?
वास्तवमा जुनसुकै राजनीतिक दर्शन, राजनेता, राजनीतिक दल तथा शासकको एउटै उद्देश्य हुन्छ र त्यो हो- समतामूलक समाजको निर्माण । तर, नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यहाँको सामाजिक, धार्मिक, आर्थिक, भौगोलिक, लैङ्गिक, शैक्षिक, सांस्कृतिक तथा जातीय असमानता र विभेदको दूरी झन् लम्बिँदै गएको छ । यस्तो स्थितिमा कसरी हुन सक्छ समतामूलक समाजको निर्माण ? यहाँ प्रचलित सबै राजनीतिक दर्शनहरू- प्रजातान्त्रिक समाजवाद, जनवाद, जनताको बहुदलीय जनवाद, माक्र्सवाद, लेनिनवाद, माओवाद सबै असफल भइसके । तिनीहरूबाट स्वस्थ, समुन्नत, समृद्ध, सुदृढ तथा न्याय र समतामूलक समाज निर्माण हुनै सक्दैन । सुन्दर, शान्त र विशाल नेपाल बन्नै सक्दैन । तर्सथ, नेपाल र नेपालीको सुन्दर भविष्य निर्माणका लागि नयाँ सिराबाट जान आवश्यक छ । यस उद्देश्यका लागि ‘समवाद’ अपरिहार्य मात्र होइन अनुकरणीय छ ।
० समाजवाद र साम्यवादलाई कसरी लिनुहुन्छ त ?
– नेपालको परिप्रेक्ष्यमा यी दुवै राजनीतिक दर्शन असफल भइसके । बीपीको सोसियल डेमोक्रेसी, शोषक ब्राह्मोक्रेसीमा, मदन भण्डारीको जनताको बहुदलीय जनवाद, जनै-तागाको बाहुन दलीय जनैवादमा, अनि माक्र्स, लेनिन र माओको जनवाद ‘जनैवाद’मा परिणत भइसक्यो । जुन देशमा माक्र्स, लेनिन र माओहरू जन्मेका थिए त्यहाँको र नेपालको सामाजिक संरचना भिन्दै थियो र छ । नेपालको मूल समस्या भनेको जातीय समस्या अथवा जातीय असमानता हो । त्यहाँको मूल समस्या थियो आर्थिक असमानता । उनीहरूलाई जातीय असमानता र समस्या कुन चराको नाउँ हो थाहै थिएन । तर्सथ माक्र्सवाद, लेनिनवाद र माओवाद यहँँ लागू हुनै सक्दैन । उनीहरूको राजनीतिक दर्शनले यहाँ सामाजिक रूपान्तरण हुनै सक्दैन, गर्नै सक्दैन ।
० अनि प्रचण्डपथ नि ?
– त्यो त एकल जातीय अधिनायकवादको तेस्रो पाटो हो, त्यसले प्रचण्डका स्वजातीय दाजुभाइ र कुटुम्बका अलावा बहुसङ्ख्यक अन्य ‘सम’ वर्गका ९० प्रतिशत जनतालाई समेट्नै सक्दैन । वास्तवमा भन्ने हो भने प्रचण्डपथ त ‘तेस्रोलिङ्गी’ धार हो । किनकि, उहाँहरू नै भन्नुहुन्छ- ‘प्रचण्डपथ’ तेस्रो धातुबाट बनेको हो । तेस्रो धातु कहाँबाट बन्छ ? तेस्रोलिङ्गीबाट ∕ पुलिङ्ग र स्त्रीलिङ्गबाट तेस्रो धातु निक्लँदैन । तर्सथ, प्रचण्ड र प्रचण्डपथबाट कुनै आशा राख्नु निर्रथक हो, किनकि जसरी तेस्रोलिङ्गीबाट सन्तान उत्पादन हुँदैन, त्यस्तै प्रचण्डपथबाट लोकतान्त्रिक पद्धति, मानव-अधिकार, विधिको शासन, स्वतन्त्रता शान्तिको प्रत्याभूति तथा ‘समर्’वर्गका जनताको मुक्ति र अधिकार स्थापित हुनै सक्दैन । अर्को कुरा पनि छ, तेस्रोलिङ्गीहरू के गर्छन् ? दुनियाँका छोराछोरीलाई अपहरण गर्छन् । आफ्नो कम्पनीमा लैजान्छन् । हाय-हाय गरेर थपडी बजाउन सिकाउँछन् । विभिन्न सभा-समारोहमा नौटङ्की गरेर दुनियाँलाई रुवाउने, हँसाउने र तर्साउने गर्छन् । के प्रचण्डपथका पथिकहरूको भूमिका योभन्दा फरक छ र ?
० सेना पनि निर्माण गर्नुभएको छ रे, त्यसको उद्देश्य युद्धमा जाने हो ?
– सेना निर्माण गर्दैमा युद्धमा जानैपर्छ भन्ने छैन । हाम्रो सेना समरजङ्ग सेना हो, शान्ति सेना हो, शान्तिपूर्ण आन्दोलनमार्फत मुक्ति र अधिकारका लागि सङ्घर्ष गर्नेछ । साथै समाज निर्माणको काममा अग्रसर हुँदै जानेछ । निश्चित समयसम्म हाम्रा माग अथवा जनताका अधिकारहरूप्रति राज्य संवेदनशील नभएमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्न सक्छ ।
० नामको अगाडि समशेरचाहिँ किन जोड्नुभएको ?
– समशेरको अर्थ हो- क्रान्तिवीर अर्थात् योद्धा । अर्को अर्थ हो- तरबार । तरबारको काम हो- फँडानी गर्नु । सामाजिक विकृति र विसङ्गतिहरूको फँडानी गर्नु समशेरको काम हो । अनि क्रान्तिको अर्थ हो- परिवर्तन वा सामाजिक रूपान्तर, हामी सामाजिक रूपान्तरण चाहन्छौँ । एकल जातीय यथास्थितिवादी राज्यसत्ता होइन । अर्को तार्त्पर्यर् यो पनि हो कि भारतका संविधान निर्माता डा. भीम राव अम्बेडकरले भन्नुभएको छ- ‘बलि भेड और बकरी का दिई जाती है, शेरों का नहीं≤ इसी लिए दलितों और जनजातिओं शेर बनो, भेड बकरी नहीं ।’ तर्सथ यो निमुखा र कमजोर ‘सम’ वर्गका बहुसङ्ख्यक जनतालाई शेर बनाउने अभियान हो ।
० तपाईंको पार्टीको मूलमन्त्र ?
– राष्ट्रियता, लोकतन्त्र र समवाद ।
० यसबारे केही प्रस्ट पारिदिनुस् ?
– समवादका बारे त भनिसकेँ । अनि हामी लोकतान्त्रिक पद्धतिबाटै सक्रिय हुन चाहन्छौँ । प्रेस स्वतन्त्रता, स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय र पूर्ण प्रजातन्त्र अङ्गीकार गरेर अगाडि बढ्छौँ । अनि राष्ट्रियतालाई यस अर्थमा मुख्य मानिएको हो कि- राष्ट्र नै नरहे केको राजनीति ? राष्ट्र र राष्ट्रियताको संरक्षण गर्ने अभिभारा हामीमाथि आएको छ ।
० पार्टीको मूल एजेण्डा के हो त ?
– जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वसहितको सर्वपक्षीय हितकर नयाँ संविधान । जातीय, क्षेत्रीय, धार्मिक, लैङ्गिकलगायतका सबैखाले विभेदका विरुद्ध कडाभन्दा कडा कानुनको निर्माण । सीमान्तकृत वर्ग र समुदायलाई आरक्षणको व्यवस्था । महिलाको हकमा बक्र-आरक्षण । भ्रष्टाचाररहित विधिको शासन । र, एकल जातीय अधिनायकवादी राज्य-सत्ताको अन्त्य ।
० नेपालको वर्तमान राजनीतिप्रति तपाईंको दृष्टिकोण के छ ?
– २००७ र ०४६/४७ सालको आन्दोलनमा मात्र होइन ०६२/६३ सालको आन्दोलनमा पनि बहुसङ्ख्यक सम वर्गका जनताले हारेका छन् । राष्ट्रियता खतरामा छ । दुई वर्षभित्र जनचाहनाअनुरूपको संविधान निर्माण हुन सकेन । संविधानसभाको अवधि थपेर सत्ता र भत्तालाई निरन्तरता दिने काम भयो । यो समग्रमा नेपाल र नेपालीको भविष्यप्रति राम्रो शुभसङ्केत होइन । फेरि पनि आगामी एक वर्षभित्र पनि संविधान बन्छजस्तो छैन । बनिहाल्यो भने पनि यथास्थितिवादी अर्थात् एकल जातीय अधिनायकवादी हुनेछ । अग्रगामी हुने छैन । जसले तमाम ‘सम’ वर्गका जनताको मुक्ति र अधिकारको ग्यारेन्टी गरोस् ।
० प्रमुख दलहरूप्रति तपाईंहरूको दृष्टिकोण ?
– प्रमुख दलहरू असफल भइसके । खैर, संविधानसभाको म्याद थपिएको छ । तीनै दलका नेताहरूबाट जग हँसाउने, जनता रुवाउने काम भएको छ । कथित प्रमुख पार्टी र पार्टीका नेताहरू जनताको चाहना र पार्टीले अङ्गालेको राजनीतिक मार्गदर्शन भुलेर व्यक्तिगत स्वार्थमै अल्मलिएका छन् । नेतृत्वको टकराव, सत्ताको होडबाजी, भत्ताको लालसा, सत्ताको गणितीय खेल भनिसाध्यै छैन । जनतामाझ आफूले गरेका वाचाको कुनै ख्याल नै छैन । उनीहरूमा सद्बुद्धि जागोस् । प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था छ । सहमतिको सरकार बन्न त सकेन । बहुमतीय सरकार बन्यो भने पनि सबै पार्टीका नेताले सहयोग गरून् । सत्ताका लागि विवाद नहोस् । शान्ति-प्रक्रियालाई टुङ्गोमा पुर्‍याऊन् । साथै एक वर्षभित्र उल्लेखित ‘सम’ वर्गका जनताको मुक्ति र अधिकारको ग्यारेन्टी गर्ने सर्वपक्षीय हितकर नयाँ संविधान बनोस् ।
० यदि यस्तो हुन सकेन भने ?
– निश्चित छ, मुलुक गृहयुद्धमा जान्छ । हाइटी र कङ्गोजस्तै बन्नेछ । जातीय युद्ध हुनेछ । त्यसको जस संविधानसभामा रहेका राजनीतिक दल र दलका नेताहरूले लिनुपर्नेछ । आमजनताले अब त्यसै छोड्नेवाला छैनन् । आज अधिकार प्राप्तिका लागि सबै जाति उद्यत् छन् ।
० अन्त्यमा, तपाईंको पार्टीलाई कसको सहयोग छ ?
– मुक्ति र अधिकारका पक्षधर पौने तीन करोड जनताका साथै नेपाल र नेपालीको उन्नति र हित चाहने अन्तर्राष्ट्रिय जगत्, अमेरिका, भारत, चीन, युरोपियन मुलुकका साथै सबैको सहयोग छ । हाम्राबीच निरन्तर भेटघाट र संवाद चलिरहेको छ । अन्तर्वार्ताका लागि धन्यवाद ! समादेश !
० समादेशको अर्थ ?
आदेशको अर्थ हो- हुकुम, शासन अथवा शासनसत्ता । तर्सथ उल्लेखित ‘सम’ वर्गका जनताको राज्यसत्ता ।

गिरिजाबाबुको विचारबाट काङ्ग्रेस पलायन भयो : प्रकाश
खुला राजनीतिमा आएको छोटै समयमा लोकप्रिय नेता बन्न सफल नारायणकाजी श्रेष्ठ प्रकाश अहिले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा संसदीय दलको उपनेता हुनुहुन्छ । माओवादीबाट प्रधानमन्त्रीको दाबेदारसमेत मानिनुहुने प्रकाश अहिले भने पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीच पुलको रूपमा काम गरिरहनुभएको छ । उहाँसँग घटना र विचारका लागि पत्रकार ऋषि धमलाले गर्नुभएको कुराकानी :
० अब पनि मुलुक सहमतिमा जाने संभावना देख्नुहुन्छ ?
– देशको आवश्यकता राष्ट्रिय सहमति हो । तर, कांग्रेस र एमालेजस्ता पार्टीहरूले यसलाई गम्भीरतापूर्वक आत्मसात् गर्न नसक्दा फेरि बहुमतीयमा गएर दु:खद् स्थिति निम्तिने खतरा छ । हामी त्यस्तो स्थिति नआओस् भन्न चाहन्छौँ ।
० बहुमतीयमा जाँदा कसरी दु:खद् स्थिति सिर्जना हुन्छ ?
– हाम्रो अनुभवले देखाइसक्यो, बहुमतीय प्रणालीमा जाँदा सहमति कायम हुन सक्दैन, शान्ति र संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा हुन सक्दैन । हाम्रो मूल मिसन दिगो शान्ति र जनताको संविधान निर्माण हो । तर, बहुमतीयले नकारात्मक असर पुर्‍याउँदोरहेछ भन्ने व्यवहारले देखाइसकेको छ ।
० सरकार बहुमतीय बनाउने तर प्रमुख प्रतिपक्षको सहमति लिएर शान्ति र संविधानको काम गर्न सकिँदैन ?
– संविधान नबनुञ्जेल राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । सरकार बहुमतीय बनाएर जाऊँ भन्दा पनि संविधान निर्माणमा व्यवधान
आउँदोरहेछ भन्ने त देखिसकियो । त्यसकारण हामीले सरकार पनि राष्ट्रिय सहमतिबाट बनाउने र शान्ति-संविधानको काम गर्ने भनेका हौँ ।
० राष्ट्रिय सहमतिको बाधक कांग्रेस हो कि एमाले –
– अहिले दुइटै पार्टी बाधक देखापरेका छन् । त्यसैले सहमतिमा नआईकन एउटा पार्टीमात्र भन्न मिलेन । तर, कांग्रेस सबैभन्दा कडा रूपमा प्रस्तुत भएको छ ।
० काङ्ग्रेस किन माओवादीविरुद्ध कडा बनेको होला ?
– त्यही कारण हामी पनि गम्भीर बनेका छौँ । कांग्रेस १२ बुँदे समझदारीपछि सबै सहमति र समझदारीका मर्मअनुरूप गम्भीर नबनेकाले चिन्तित छौँ । १२ बुँदेदेखिको यात्रा शान्ति र संविधान निर्माण नगरी टुंगिदैन भन्ने कांग्रेसले बुझ्नुपर्‍यो ।
० गिरिजाप्रसाद कोइरालाको विचारबाट कांग्रेस विचलित भएको हो त ?
– हो, गिरिजाप्रसाद कोइरालाको विचारबाट कांग्रेस विचलित हुन लागेको देखियो । त्यसैले माओवादीप्रति असहिष्णु, कडा र राष्ट्रिय सहमतिको विरुद्ध प्रस्तुत भइरहेको छ । तर, कांग्रेसभित्र पनि शान्ति र संविधानका पक्षधर नभएका होइनन् ।
० बहुमतीय सरकार बनाउन माओवादी लाग्छ या लाग्दैन ?
– अहिले हामी बहुमतीय सरकार बनाउने स्टेपमा पुगेका छैनौँ । संवैधानिक रूपमा बहुमतीय सरकारतिर लागे पनि राजनीतिक रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढौँ भन्ने पक्षमा छौँ ।
० सहमति, सहमति भन्ने, तर पालनाचाहिँ नगर्ने ?
– त्यसैकारण हामी त्यसलाई दु:खद् भनिरहेका छौंँ ।
० साउन ५ गते तपाईंहरू गोल गर्नुहुन्छ कि गोलपोस्टबाट बाहिरिनु होला ?
– सहमतिको प्रयत्न गरिरहेका बेला अन्य विकल्पबारे सोच्नु त्यति उपयुक्त हुन्न । सहमतिको सरकारको सम्भावना सतप्रतिशत समाप्त भइसकेको छैन । सहमति भएन भने हामी त्यतिखेर नै निर्णय गर्छौं ।
० बहुमतीय सरकार बनाउँदा तपाईंहरू एमालेसँग मिल्नुहुन्छ कि मधेसवादी दलसँग ?
– बहुमतीय सरकारको गठबन्धनबारे म अहिले चर्चा गर्न चाहन्न ।
तपाईंहरू झलनाथ खनाललाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?
– हामीले अहिले त्यसरी सोचेकै छैनौँ ।
० झलनाथसँग तपाईंहरूको कुरा त भएको थियो नि ?
– कुरा त हाम्रो सबैसँग भएको हो । कांग्रेस, एमाले र मधेसवादीसँग एक्लाएक्लै र संयुक्त रूपमासमेत भेटेर छलफल चलाएका हौँ । अहिले त्यसरी सोच्ने बेलै भएको छैन । हामी हाम्रै पार्टीको नेतृत्वमा संयुक्त सरकार बनाउने प्रयत्न गरिरहेका छौँ । अब हामी मधेसवादी पार्टीसँग फेरि छलफल गछौर्ं ।
० मधेसवादी दलले त लोकतन्त्रप्रति प्रतिबद्ध दललाई सहयोग गर्ने भनेका छन्, त्यो भनेको कांग्रेस, एमालेसँग गठबन्धन गर्ने होइन र ?
– उहाँहरूका बारेमा बाहिर आएका आधारमा टिप्पणी गर्न चाहन्नौँ ।
० मधेसवादी र माओवादी दुवै परिवर्तनकारी शक्ति । उनीहरूको नेतृत्वमा माओवादीको सहयोग रहन्छ कि रहन्न ?
– हामी हाम्रै पार्टीको नेतृत्वमा संयुक्त सरकार बनाउने प्रयत्न गरिरहेका छौँ । अरु कुरा हामीले सोचेका छैनौँ । राष्ट्रिय सहमतिलाई केन्द्रमा राखेर छलफल गर्न चाहन्छौँ ।
० राष्ट्रिय सहमति बनेन भने ?
– राष्ट्रिय सहमति बनेन भने पनि मुलुक सरकारविहीन त हुँदैन । सरकार त बन्नुपर्‍यो । तर, त्यसको नेतृत्वको बारेमा हामी गएकै छैनौँ । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र सामाजिक न्यायको पक्षमा हुनेसँग हामी विकल्प सोच्न सक्छौँ ।
० तपाईंहरूले सेनाको संख्या तोक्नुभएन नि ?
– हामीले नतोक्ने भनेका छैनौँ । दुई महिनाभित्र तोक्ने भनेका छौँ । तर, अहिलेको सेनाको भर्नाको स्ट्यान्डर्डअनुसार होइन, समायोजनको हिसाबले गर्ने भनेका छौँ ।
० माओवादीमा प्रधानमन्त्रीका खेलाडी थुप्रै छन्, तपाईं प्रधानमन्त्री बन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?
– मैले व्यक्तिगत रूपमा आफ्नो महत्वाकांक्षालाई केन्द्रमा राखेर सोच्दिनँ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेमा अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व गर्नुहुन्छ ।
० प्रचण्डको विकल्प छैन माओवादीमा ?
– त्यसबारे हामीले सोचेको छैन । मुख्य कुरा हाम्रो नेतृत्वमा हो, त्यसमा पनि प्रचण्ड नै हो ।
० बाबुराम भट्टराईसँग नजिकिनुभएको छ रे त ?
कमरेड बाबुराम भट्टराईसँग पहिलेदेखि नै निकट छु । अहिले नै फेरि किन निकट हुनुपर्‍यो ? बरु कहिलकाहीँ मिडियामा दूरी बढाउने काम भइरहेको छ ।