सिगरेट छोड्न चाहनले रोग निम्त्याउन सक्ने

सिगरेट छोड्न चाहनले रोग निम्त्याउन सक्ने


लण्डन । सिगरेटको अम्मल त्याग्न खोज्नेहरुले प्राय उनीहरुले सिगरेट त्यागेको भोलिपल्ट बिहान उठ्दा तत्काल शरीरबाट निकोटिन जादू गरेजस्तै हराएर जाओस् भन्ने चाहाना राख्दछन् । जुन मानिसहरुले सिगरेटको अम्मल अचानक त्याग्ने कुरा गर्छन्, उनीहरुको फोक्सोभित्र पहिलेदेखि नै क्यान्सर रोगले छोइसकेको प्रारम्भिक लक्षण रहनसक्छ भनेर विज्ञहरुले सिगरेट सेवन गर्नेहरुलाई सावधान गरेका छन् । लामो समयदेखिको सिगरेटको लतले मानिसहरुको फोक्सोभित्रका क्यान्सरको ट्यूमरभित्र केमिकल पहिलेदेखि नै थाहा नपाई पसिसकेको हुनसक्ने तथ्य अमेरिकामा हालै गरेको अध्ययनले दर्शाएको छ । अहिलेको यस आविष्कारले अबउपरान्त सिगरेट सेवन गर्ने व्यक्तिहरुको क्यान्सर रोग छिट्टै पत्ता लगाएर बढी अनुपातमा मानिसहरुलाई बचाउन सक्ने कुरा वैज्ञानिकहरुले प्रकाश पारेका छन् । …फोक्सोको क्यान्सर थाहा लाग्नुभन्दा पहिले नै धेरैजसो मानिसले सिगरेट त्यागिसकेका हुन्छन्… भनेर अमेरिकाको फिलाडेल्फिया स्थित थोमस जेफर्सन् युनिभर्सिटीकी प्रोफेसर बरबारा क्याम्पलीङ्गले उद्धृत गरेकी छिन् र तिनले आफ्नो भनाइ पत्रकारहरुलाई राख्ने क्रममा ….अहिले प्रकाशमा आएको अध्ययनलाई कतिपयले क्यान्सर रोग लागेको लक्षण थाहा पाएपछि सिगरेट त्यागेका हुनसक्ने बताएका छन् । कतिपयले अहिले प्राप्त निरीक्षणलाई मानिरहेका छैनन् उनीहरुका अनुसार क्यान्सर बिमारीहरुले क्यान्सर रोगको लक्षण देखेर नै सिगरेट त्यागेका कुरा होलान् भनेका छन् । यद्यपि, हामीलाई धेरैजसो क्यान्सर रोगीहरुले क्यान्सर रोग पत्ता लगाउनु पूर्व नै सिगरेट त्यागेको थाह हुन आएको छ । पहिलेदेखि नै सिगरेट त्याग्ने कोशिस गर्नेहरुले सिगरेट सजिलै त्याग्न गाह्रो चाँहि हुँदैन, यसले गर्दा सिगरेट सेवन गर्ने कतिपय व्यक्तिहरुको सन्दर्भमा आफैमा सिगरेट त्याग्न खोज्न्रचाँहि फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हो…. भनेकी छिन् । ११५ जना पूर्व सिगरेटका अम्मली क्यान्सर रोगीहरुलाई अध्ययन गरेर प्राप्त प्रतिवेदनमा फोक्सोको क्यान्सर रोग पत्ता लगाउनुअघि नै सिगरेट आधाजतिले त्यागिसकेका तथा तीन भागमा एक भागले सजिलै सिगरेटको अम्मल त्यागेका उल्लेख गरेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।