लण्डन। यही २२ तारिखका दिन, अल्डरसटस्थित प्रिन्सेस हलमा पहिलाे प्रिमियर शाेपछि नै निक्कै नै प्रशंसा पाउन सफल भएकाे नेपाली कथानक चलचित्र ‘तीन घुम्ती’को बेलायतको विभिन्न शहरहरूमा प्रदर्शन हुँदैछ । स्वर्गीय वी.पी. काेइरालकाे उपन्यास ‘तीन घुम्ती’मा अाधारित यस चलचित्र बेलायतकाे २९ अगष्ट एबरडिनमा, १९ सेप्टेम्बर रिडिङमा, १० अक्टाेबर न्युनिङ्टनमा, ११ अक्टाेबर याेर्कमा प्रदर्शित भएपछि याे महिनाकाे १४ तारिखका दिन, क्याटरिकस्थित बुिटिश गुर्खा नेपालिज कम्युनिटिका अध्यक्ष रि. क्या. राम मल्लकाे विशेष सक्रियतामा भव्य शाे सम्पन्न भएकाे छ ।
त्यस्तै, स्वीन्डनमा २१ तारिखका दिन अनाथ बालबच्चाका सहयाेगार्थ एक शाे राखिएकाे थियाे, जसलार्इ स्वीन्डन निवासी बल्लभ गुरूङकाे विशेष याेगदान रहेकाे थियाे । बी.पी. कोइरालाको अमर कृतिबाट निर्माण गरिएको उक्त चलचित्र ‘तीन घुम्ती’मा स्थानीय नायक ध्रुव दत्त र गरिमा पन्तको विशेष भूमिका रहेको छ। चलचित्र तीन घुम्ती अागामी वर्षकाे शुरूकै महिनाकाे २४ तारिखमा बेलायतका ब्ल्याकहिथ, काेल्चेष्टर, अास्फाेर्ड, फोल्कस्टोन, मेडस्टोन, ह्याराेलगायतका स्थानमा पनि रिलिज हुने भएको अायाेजकहरूबाट थाहा लागेकाे छ।
पिताम्वरको भुमिकामा देखिएका नायक ध्रुव दत्त र इन्द्रमायाको भूमिकामा देखिएकी गरिमा पन्तको जीवन्त अभिनयको पनि राम्रै चर्चा भयो । त्यस्तै नेपालमा जय नेपाल हलमा भएको प्रिमियरमा प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपाल, काँग्रेस उपसभापति रामचन्द्र पौडेललगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो । कर्मा प्रोडक्सनको व्यानरमा तयार भएको चलचित्रलाई राकेश अडुकिया, पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् । पंचायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्ती’को कथा पेश गर्दछ ।
प्रतिक्रिया