कृष्णप्रसाद भट्टराई रहेनन्

कृष्णप्रसाद भट्टराई रहेनन्


लण्डन । नेपाली काँग्रेसका एक मात्र वाँकी रहेका संस्थापक सदस्य कृष्ण प्रसाद भट्टराईको गत हिजो शुक्रबार राति, काठमाण्डौंस्थित नर्भिक अस्पतालमा हृदयाघातबाट मृत्यु भएको छ । सन् १९२४ भारतको काशीमा उक व्राम्हण परिवारमा जन्मेका भट्टराई आजीवन अविवाहित रहे । वास्तवमा नै नेपालमा प्रजातन्बको लागि जीवनभरि नै संघर्ष गर्ने नेपाली सपुतमध्ये एक थिए कृष्णप्रसाद भट्टराई । राणलगायत पञ्चायती शासनमा उनी १४ वर्षसम्म जेल परेका छन् । सन् १९९०मा नेपाली जनताको आन्दोलनमा सफलता प्राप्त भएपछि अन्तरिम सरकारलाई प्रधानमन्त्रीको रुपमा अगुवाइ गरेका भट्टराईलाई सन्तको रुपमा हेरिन्थ्यो । ८७ वर्षको उमेरमा निधान भएका भट्टराई बितेका केही वर्षबाट सक्रिय राजनीतिमा अनुपस्थित रहेका भए तापनि उनको यो मृत्युले नैतिक रुपमा नेपाली काँग्रेसलाई अपूरणीय क्षति दिएको छ ।-नीर, मेस