जनजाति महासँघ यूकेको साधारण सभा

जनजाति महासँघ यूकेको साधारण सभा


अल्डरसट । गत २७ फेब्रुवरीका दिन अल्डरसटस्थित भेटघाट रेस्छुरेन्टमा जनजातिमहासँघ यूकेको एक साधारण सभा बसेको थियो । संस्थाका वर्तमान अध्यक्ष थर्क रानाको सभापतित्वमा बसेको सो वैठककले अगाडिको महिना अर्थात् जनवरी २७ तारिखको बैठकले पारित गरेको निर्णयहरुलाई कार्यान्वयन गर्दै सम्मिलित रुपमा निम्न एजेन्डाहरु पारित गरेको छ :-
१) सेन्सस : राष्ट्रियताको ठाउँमा नेपलिज लेख्ने र भाषामा नेपाली लेख्ने
२) जनजाति संस्थामा सदस्यता : कोषाध्यक्ष होम सुनुवार(०७७३७२८५३१३)लाई सम्पर्क गर्ने गरी सय पाउण्ड दर्ता शुल्क उठाइने
३) नेपाली नागरिकताको नयाँ नियमको विमतमा दूतावास पुगी ज्ञापनपत्र बुझाउने
४) अन्य सबै समुदायहरुको अप्ठ्याराहरुमा सहयोग उपलब्ध गराउने
-धन घले
(सेन्ससको सन्दर्भमा मेरो यूके डट कमले आफ्नो सम्पादकीयमा नेपाली पासपोर्टको प्रयोग अद्यावधि गर्नेहरुका राष्ट्रियता नेपाली हो भने ब्रिटिश नागरिकता लिनेहरुका राष्ट्रियता ब्रिटिश हो र एथ्निसिटीमा नेपाली हो भन्ने मान्यता राखेकोलाई यस समाचारकै लहरमा पनि अवगत गराउन चाहान्छ ।-सम्पादक)