अस्तु चाट्दै मन बुझाउँदै

अस्तु चाट्दै मन बुझाउँदै


kharani ramailo 2
बैँसालु उमेरमै पतिवियोगमा परेकी एक महिला मृतपतिलाई जलाएको खरानी खाने आदतका कारण चर्चामा आएकी छिन् । केसी नामक यी महिलालाई मृतकको खरानी कसरी हात पर्‍यो भन्ने नखुलाइए पनि अस्तु चाट्ने आदत कसरी बस्यो भन्नेचाहिँ पत्तो लागेको छ । पतिवियोगमा छटपिँदा सुरुमा मृतपतिको अस्तुको पोको साथै बोकेर हिँड्ने गरेकी केसीको औँलामा एकपटक उक्त खरानी लत्पतियो । त्यसलाई साफ गर्नुको साटो किन हो उनलाई त्यो चाट्न मन लागेछ । यसरी पहिलोपटक अस्तु चाटेपछि उनी त्यसको एडिक्ट बन्न पुगिन् । ‘माई स्ट्रेन्ज एडिक्सन’ नामक प्रसिद्ध रियालिटी शोमा समेत सहभागी भई चर्चा कमाएकी केसीलाई चिन्ता छ, मृतपतिको अस्तु सकिएपछि उनी के गर्लिन् ?