दान दिन नाङ्गै तस्बिर

दान दिन नाङ्गै तस्बिर


nacked
लन्डन अक्सफोर्ड युनिभर्सिटीको महिला रग्बी टिम यतिबेला चर्चामा छ । यही १० डिसेम्बरमा साउथ वेस्ट लन्डनस्थित क्याम्ब्रिज युनिभर्सिटीविरुद्धको म्याचअघि उक्त महिला टिम च्यारिटीका लागि रकम जुटाउँदै छ । त्यसका लागि सजिलो उपाय खोज्दै जाँदा उनीहरू नाङ्गिएर तस्बिर खिचाउने निचोडमा पुगे, जसले सो महिला टिमलाई एकाएक चर्चित तुल्याइदियो । उनीहरूले खिचाएका तेह्रवटा नाङ्गा तस्बिर खासमा एउटा क्यालेन्डरका लागि हो । फोटो सुटको बेला रग्बी खेलमा लगाइने जुत्ता–मोजाबाहेक सुन्दरी खेलाडीहरूको शरीरमा कुनै कपडा थिएन । उनीहरूले आफूले खेल्ने खेलको पोजिसनलाई ख्याल राख्दै फोटो खिचाएका थिए भने २० पाउन्ड मूल्य राखिएको क्यालेन्डर बिक्रीबाट आर्जित रकम गलत खानपानका कारण लाग्ने रोगविरुद्ध अभियान चलाउने ‘बिट’ नामक संस्थालाई प्रदान गरिनेछ ।