मोडललाई आफ्नै खुट्टा घाँडो

मोडललाई आफ्नै खुट्टा घाँडो


long leg
आफ्नो विशेष उचाइका कारण चर्चामा रहेका थुप्रै पात्र दुनियाँमा छन् । यस्तैमध्येकी एक हुन् क्यालिफोर्निया (अमेरिका)की २२ वर्षीया चेज केनेडी, जो पेसाले मोडल हुन् । त्यसो त चेजको उचाइ जम्मा ६ फिट ५ इन्च मात्रै हो, तर उनको खुट्टा विशेष प्रकृतिको छ । अर्थात् शरीरको जम्मा साढे ६ फिट हाइटमा उनको खुट्टाको लम्बाई मात्रै ५१ इन्च रहेको छ । सुरु–सुरुमा चेजको लामो खुट्टाले निकै प्रशंसा कमायो, मोडलिङमा सिँढी चढ्न उनलाई त्यसैले विशेष योगदान पुर्‍यायो । तर, अहिले त्यही लामो खुट्टा उनका लागि चिन्ताको कारक बनेको छ । मोडलिङ कम्पनीहरूले आवश्यकताभन्दा बढ्ता लामो भएको खोट देखाउँदै उनलाई काम दिन आनाकानी गर्न थालेबाट चेजको मोडलिङ करियर नै धराशयी बन्न पुगेको छ ।