इच्छा भएपछि उपायको के खाँचो !

इच्छा भएपछि उपायको के खाँचो !


Barby 2
भनिन्छ, सोखको कुनै मूल्य हुँदैन । रुसनिवासी यो जोडीले पनि यही कथन सिद्ध गर्दै आफ्नो हुलिया बदल्न तीन करोडभन्दा बढी रकम खर्च गरेका छन् । अनस्तसिया रेसकोर्स र तिनका ब्वायफ्रेन्ड क्वेन्टिन डेहरले आफूलाई मनपर्ने काल्पनिक पात्रजस्तै देखिनका लागि त्यत्रो रकम खर्च गरेका हुन् । बाल्यकालदेखि नै बार्बी डल भनेपछि हुरुक्कै हुने अनस्तसिया आफूलाई बार्बीजस्तै स्वरूपमा ढाल्न र उनका केटासाथी क्वेन्टिन पनि सुविधासम्पन्न तथा ऐय्यास क्यारेक्टर बेनजस्तै देखिन चाहन्थे । यसका लागि उनले बेनकै झैँ कार, मोबाइललगायतका महँगा विलासी साधनहरू जुटाएका थिए । तर दुवैसँग आ–आफ्ना आदर्श चरित्र अर्थात् बार्बी डल र बेनजस्तो शारीरिक बनावट थिएन । यसका लागि उनीहरूले करोडौँ खर्च गरेर दर्जनौँपटक प्लास्टिक सर्जरी गरे र आफूलाई मनपर्ने चरित्रको हुलिया बनाइछाडे ।