घोडामाथि यस्तो व्यभिचार

घोडामाथि यस्तो व्यभिचार


horse sex
स्वीट्जरल्यान्डमा जनावरको अधिकारका लागि काम गर्ने एक संस्थाले अनौठो प्रतिवेदन सार्वजनिक गरेको छ । रिपोर्टमा मानिसले आफ्नो यौनपिपासा पूर्ति गर्न घोडालाई पीडित तुल्याउने गरेको उल्लेख गरिएको छ । बितेको वर्ष मात्र घोडासँग सेक्स गरेको एक सय पाँच मामला प्रकाशमा आएको भन्दै एन्ड्रियास नामक सो संस्थाका प्रवक्ताले घोडामाथि हुने गरेको ज्यादती योभन्दा पनि बढ्ता हुने अनुमान गरेका छन् । स्वीट्जरल्यान्डभरमा करिब १० हजार मानिस घोडासँग यौन सम्बन्ध राख्नकै लागि सडकमा बरालिने गरेको र कम्तीमा पनि तीन दिनमा एउटा घोडामाथि व्यभिचार हुने गरेको पनि प्रतिवेदनमा दाबी गरिएको छ । घोडामाथि यसरी अत्याचार बढेको पाइएको स्वीट्जरल्यान्डमा करिब डेढ लाख मानिस घोडसवार गतिविधिमा संलग्न रहेका र १८ हजार फार्ममा एक लाख १० हजार घोडा पालिएका पनि एन्ड्रियासले जानकारी दिएका छन् ।