मोटा जोडीलाई सन्तानको रहर भएपछि…

मोटा जोडीलाई सन्तानको रहर भएपछि…


23 Ramilo 22
चीनका एक जोडीले आफ्नो तौल घटाउन गरेको कसरत यतिबेला चर्चामा छाएको छ । लिन यु र डेङ याङ नामक युवक–युवतीको यो जोडाको कुल तौल चार सय केजी छ । अब उनीहरूले जसरी पनि आफूलाई चुस्त–दुरुस्त तुल्याउने कसम खाएका छन् । प्रशस्त खानेकुरा खान र मस्तले सुतिरहन रुचाउने यो जोडाले आफूलाई स्लिम बनाउने प्रणचाहिँ बच्चा जन्माउने रहर तिनमा पलाएपछि गरेका रहेछन् । सन्तानप्राप्तिका लागि गर्नुपर्ने यौन समागम नै हुन नसकेपछि तौल घटाउने र रहर पूरा गर्ने उक्त जोडीलाई यतिबेला धेरैले आशीर्वाद दिएका छन् भने स्थानीय एक अस्पतालले उनीहरूको शरीरको भार घटाउन भरमग्दुर प्रयास गरिरहेको छ ।