वृद्धाको रमाइलो मृत्यु

वृद्धाको रमाइलो मृत्यु


sex gem
नब्बे वर्ष कटेकी कुनै वृद्धाको मृत्यु कुनै अनौठो समाचार या अस्वाभाविक कुरा हुन सक्दैन । तर, एक ९१ वर्षीया वृद्धाको आफ्नै ओछ्यानमा भएको मृत्यु यतिबेला चर्चाको सन्दर्भ बन्न पुगेको छ । घटना पोर्चुगलको हो । साउथ पोर्चुगलको आइबरोनिवासी ती बुजुर्ग महिलाको शव उनको ओछ्यानमा नाङ्गै फेलापरेको थियो । यतिसम्म त ठीकै थियो, तर वृद्धाको शवसँगै सेक्स टोय (यौन खेलौना)समेत फेला परेपछि उनको मृत्यु अनुसन्धानको विषय बन्यो । अनुसन्धानबाट पुष्टि भयो कि आफूभन्दा आधा उमेरका छिमेकी पुरुषसँग सेक्स गेम खेल्दा दुर्घटनावश वृद्धाको मृत्यु भएको रहेछ । घटनास्थलमा भेटिएको वीर्यको छिटाको डीएनए टेस्ट गरेपछि वृद्धाको छिमेकमै बस्ने ४९ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ती पुरुषले दिएको बयानमा सेक्स गेमको दौरानमा अत्यन्त उत्तेजित हुन पुगेकी वृद्धाको एक्कासि मृत्यु भएको थियो । त्यो उमेरमा पनि वृद्धा सेक्सुअल क्रियाकलापमा निकै सक्रिय रहने गरेको खुलासा पनि सम्बन्धित पुरुषले गरेका छन् ।