हङकङ नेपाली मंच यूकेको कार्यक्रमको तयारी

हङकङ नेपाली मंच यूकेको कार्यक्रमको तयारी


अल्डरसट । हङ्कङ् नेपाली मंच यूके (HKNMUK) को बैठक गत ५ मार्च २०११ का दिन भेटघाट रेष्टरेण्ट, अल्डरसटमा सम्पन्न भयो । बैठक मंचका अध्यक्ष प्रेम गुरुङ्को सभापतित्वमा सचिव विश्वजङ् गुरुङ्ले संचालन गरेका थिए । बैठकमा बेलायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुका साथै महिला प्रतिनिधिहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा मंचको आगामी १ मे २०११ का दिन ओकफर्म स्कुल, फार्नबोरोमा हन गइरहेको बार्षिक समर भेटघाट २०११ कार्यक्रमको तयारीसम्बन्धी विस्तृत छलफल गरिएको थियो । सो कार्यक्रममा यूकेभरि छरिएर रहेका हङ्गकङ्गेली दाजुभाइ तथा दिदीबहिनीहरुका साथै शुभेच्छुकहरुलाई उल्लेख्य रुपमा सहभागी गराउने हेतुले समयमा नै प्रचारप्रसार तीब्र पारिएको र मेरो यूके डट कमलाई अघिल्लो बैठकमा मिडिया पार्टनरको रुपमा पनर्णय गरिएको थियो । मेरो यूके डट कमले राफल-ड्रको लागि प्रथम पुरस्कार प्रायोजन गर्ने कुरा प्रतिनिधि याम गरुडले जानकारी गरएका थिए ।
बैठकमा भेटघाट कार्यक्रमलाई सफल पार्नका लागि प्रचारप्रसार उपसमिति, खानपिन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, सुरक्षा उपसमिति, स्वयंसेवक उपसमिति, हल मंच सजावट उपसमिति, सफाइ उपसमिति, राफल-ड्र उपसमिति, रिसेप्सन उपसमितिहरु गठन गरियो । बिभिन्न क्षेत्रका प्रतिनिधिहरुमार्फत प्रवेश टिकट वितरण गर्ने व्यवस्थाका साथ टिकटहरु बितरण गरियो । बैठकको समाप्ती गर्दै अध्यक्ष प्रेम गुरुङ्ले सबै उपस्थित सल्लाहकारहरु, सदस्यहरु, शुभेच्छुक महिलाहरुलाई सहभागी भई अमूल्य सुझाव र सल्लाह दिएकोमा लागि धन्यबाद दिँदै सामूहिक रुपमा भेटघाट कार्यक्रम सफल पार्नका लागि सहयोगको आव्हान गरे ।
-विश्वजङ्