हिँड्न नसक्ने बच्ची, ब्याले स्टार

हिँड्न नसक्ने बच्ची, ब्याले स्टार


लण्डन । एकजना केटी खुट्टाको समस्याले गर्दा राम्रो हिँडन सक्ने थिईनन्, तर, तिनी आज एकजना कुशल ब्याले नर्तकी (बेलेरिया) बन्न सफल भएकीछिन् । एस्मे फिलिप नाम गरेकी केटीको खुट्टा लगभग ९० डिग्री उल्टो कोणतिर घुमिएको हुनाले तिनले सानोमा घुँडाले टेकेर घस्रने अथवा ताते गर्दै हिँड्न सक्ने थिईनन् । जब तिनी सात वर्षी भईन् डाक्टरहरुले तिनलाई खुट्टा समस्या समाधानका लागि २ वटा विकल्पहरु दिएका थिए । एउटा विकल्पमा अपरेशनको माध्यमबाट खुट्टलाई भाँचेर खुट्टालाई सही गर्ने अनि अर्को विकल्पमा ब्याले डान्सको प्रशिक्षण लिएर यस तालिमको माध्यमबाट खुट्टाको समस्या समाधान गर्ने । ब्याले नृत्यको प्रशिक्षणलाई रोजेर तिनलाई तीन वर्ष इङ्लिश यूथ ब्यालेट स्कुलमा अभिभावकले दाखिला गरेका थिए । तीन वर्षको तालिमपश्चात् अहिले तिनलाई प्रख्यात कोपेलिया ब्याले नृत्यका लागि चुनिएकी छिन् । डाक्टरहरुले अहिले तिनलाई अपरेशन गर्नु नपर्ने सल्लाह दिएका छन् ।
३८ वर्षीय, एस्मेकी आमा एम्माले ….. हामीले एस्मेलाई निको तुल्याउनको लागि साबिकको खुट्टालाई अपरेशन नगरी यदि ब्याले नृत्यबाट निको हुनसक्छ भने किन ब्याले प्रशिक्षण नरोज्ने भनी ब्यालेट प्रशिक्षण गर्न लगाएका थियौं । तर, मलाई यति ठूलो परिवर्तन होला भन्ने विश्वास भइरहेको छैन … भनेर समाचारदाताहरुलाई भनेकी छिन् । इङ्लिश् युथ ब्यालेटको अडिसन प्रदर्शनीमा एस्मेको प्रदर्शनी देखेर दर्शकहरुलाई आविस्कारकले जिउँदो मान्छेको साइजमा साँच्चिकै नर्तक गुडिया रचेर पठाएको भान् तुल्याएकी थिईन् । त्यस अडिसन्मा सयौं प्रतिस्पर्धीहरुमध्येबाट एस्मे चुनिएकी थिईन् । त्यस प्रतिस्पर्धामा चुनिएपछि एस्मेले हप्तामा तीनचार चोटी कम्तीमा ६ घण्टा जति अभ्यास गर्दै आएकी छिन् । यस महिनामा कोपेलियाको मञ्चन न्यु क्यासलको टाइनमा हुँदैछ । श्रोत – मेट्रो, सुमल, मेस ।