संखुवासभा समाजको वार्षिक कार्य तालिका

संखुवासभा समाजको वार्षिक कार्य तालिका


हङकङ । संखवासभा समाज हङकङकहकले आफ्नो १ वर्ष २०११ सालको वार्षिक कार्यतालिका सार्वजानिक गरेको छ । छैठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रथम बैठकले उक्त तालिका सार्वजानिक गरेको हो । समितिका अध्यक्ष प्रेम कुमार कोरङ्गीको अध्यक्षतामा समपन्न सो बैठकले तय गरेको कार्यतालिका निम्नानुसार रहेको छ ।
१ April -१० तारिख नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा समाजको मुखपत्र “हाम्रो संखुवासभा”को चौंथो अंक क्यालेण्डर सार्वजानिक ।
२ May -सदस्यता वितरण कार्यक्रम ।
३ June -वृक्षारोपण कार्यक्रम ।
४ July -छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
५ October – देउसी भैलो कार्यक्रम ।
६ December -खेलकूद कार्यक्रम ।
७ February -वार्षिक साधारण सभा ।
उक्त तालिका एउटा पूर्व योजना भएकोले योजनाबद ढंगले अघि बढेमा अबश्य सफलता मिल्ने बिचार ब्यक्त गर्दै सबै संखुवासभावासी एवं शुभेचछुक शुभचिन्तकहरुमा सचिव अजम्बर घलेले सहयोगको आग्रह गरे । बैठकमा समाजका पूर्व कोषाध्यक्ष एवं वीटीसी ग्रुपका डाइरेक्टर बसन्त राईले सो कार्यतालिका समाजको स्पष्ट खाका भएकोले आगामी दिनमा समाजले गुणनात्मक फड्को मार्ने विचार ब्यक्त गर्दै सफलताको निम्ति शुभकामना ब्यक्त गरे । जोर्डनस्थित वीटीसी ग्रुप कम्पनीको कार्यालयमा सम्पन्न सो बैठकमा आगामी अप्रिल १० तारिख मंकीहिलमा मनाइने नयाँ वर्षको बीबीक्यू कार्यक्रम भब्य रुपले सफल पार्न सबैमा आहृवान गर्दै सो बैठक समपन्न भएको थियो ।
– कोरङगी प्रेम