आमाद्वारा आफ्नै बच्चाहरुको हत्या

आमाद्वारा आफ्नै बच्चाहरुको हत्या


लण्डन । पूर्वपतिसित बच्चाहरुलाई संरक्षण गर्ने विषयमा विवाद भएर चरम कटुता झेलिरहेकी एकजना आमाले आफैले जन्माएकी तीनजना बच्चाहरुलाई छुरा प्रहार गरी हत्या गरेपछि घरमा ग्याँस विष्फोटन गरेर आत्महत्या गर्ने प्रयास गरेकी थिईन् । त्यस अपराधलाई हिजो तिनले अदालतमा स्वीकार गरेकी छिन् ।
गत साल अगस्त महिनामा थेरेसा रिग्गीले आफ्नै आठ वर्षीय जुम्ल्याह छोराहरु क्रमशः अस्टिन र ल्यूक अनि एक मात्र छोरी ५ वर्षीया सिसिलियालाई छुरा प्रहार गरी हत्या गरेकी थिईन् । ४७ वर्षीया थेरेसाकी वकिल डोनाल्ड फिन्लेले थेरेसा हिस्टीरिया (भावनाको आवेग विष्फोटन् भएर सिर्जित हुने बिमारी), प्यारोनोइड (दिमागी अवस्था ठीक नभएको) तथा नार्सिस्टीस्टिक (आफ्नै सौन्दर्यप्रति हीनताबोध) जस्ता बिमारीहरुको कारणले गर्दा बच्चाहरुलाई मारेर आफै आत्महत्या गर्न खोजेकी थिईन् भनेर अदालतलाई आफ्नो तर्फबाट तर्क पेश गरेका थिए । हालतलाई विस्तृत स्पष्टीकरण दिंदै वकिलले अदालतमा … तिनले आफू र बच्चाहरुको बीचमा खाली स्थान राखी एडिनबर्गको आफ्नो फ्ल्याटमा ग्याँस विष्फोटन गरेकी थिईन्, यसले बच्चाहरुलाई थेरेसाले अति नै माया गर्थिन् भन्ने कुरा पुष्टि हुन्छ .. मैले आफ्नो ३५ वर्षको सेवाकालमा यस्तो केश कहिल्यै लिएको थिएन … भन्दै बयान दिएका थिए ।
थेरेसाले समस्याले गर्दा आफ्नो मनस्थिति ठीक नहुँदा बच्चाहरुलाई मारेको कुरा स्वीकार गरेकीछिन् । शुरुमा तिनलाई बच्चाहरुको ज्यान मार्ने आपराधमा पक्डाउ गरेको थियो । एडिनबर्ग उच्च न्यायलयका न्यायधीश लर्ड ब्राकाडेलले अदालतमा सुनवाइ गर्ने बेलामा …तपाईको दिमागी हालत परिस्थितिवश् ठीक नहुँदा गरिएको गैरजिम्मेवारपूर्ण अपराधपछि पनि तपाई सामान्य हालतमा हुँदा जिम्मेवारी वहन गर्नुपर्ने आवश्यक हुन्छ जुन कुरालाई तपाईले गर्न सक्नुभएन त्यसकालागि मैले तपाईलाई सजाय सुनाउनु नै पर्ने हुन्छ…. अदालतमा सुनवाइको क्रममा जजले भनेका थिए र त्यसदिन यो केशलाई न्यायधीशले २६ अप्रिलसम्मका लागि स्थगित गरेका थिए । ३ बच्चाहरुको मृत शरीर २ दिनपछि बिल्डिङ म्यानेजर डेरेक नाइटले भेट्टाएका थिए । ग्याँस विष्फोटनपछि थेरेसा चिच्याइरहेकी बेलामा उनी घरभित्र पसेका थिए । छिमेकी जोर्डन कोचरेनले थेरेसालाई आत्महत्याका लागि उधोमुन्टो गरी हाम्फाल्न आँटेकी देखेर रोक्न खोजेका थिए, तर, थेरेसाअघि नै टाउको जोत्दै भुँइमा खसिसकेकी थिईन्। थेरेसाकी पूर्वपति, तीन बच्चाहरुका पिता पास्क्वेल रिग्गीले ती बच्चाहरुलाई हत्याको अघिल्लो दिन पूर्ण संरक्षण दिने सोच बनाएको कुरा समाचारदाताहरुलाई भनेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।