सोमाली समुन्द्री डाँकूहरुद्वारा भारतीयहरु मुक्त

सोमाली समुन्द्री डाँकूहरुद्वारा भारतीयहरु मुक्त


लण्डन । ११ महिनापश्चात् सोमाली सामुन्दि्रक डाँकूहरुले पोहोर अपहरण गरेका जहाजबाट ११ जना भारतीय लगायत अरु १२जनालाई अपहरणबाट मुक्त गरेको समाचार भारत सरकारको श्रोतबाट प्राप्त भएको छ । केरल राज्यको पथनामथित्ता जिल्ला निवासी, जहाजका ट्रेनी अधिकृत, बाबुका अनुसार पानी जहाजका मालिक राक इन्टरनेशनल कम्पनीले डाँकूहरुको माग रकम हिजो तिरेपछि उनीहरुलाई मुक्त गरेको कुरा समाचारदाताहरुलाई बताएका छन् । एमभी राक अफ्रिकाना नाम गरेको जहाजलाई सेन्ट भिन्सेन्ट र ग्रेनाडाइनमा दर्ता गरिएको थियो । त्यो जहाज अहिलेपनि सोमाली समुन्द्रमा नै छ । जहाजमा केही टेक्निकल समस्या भएकोले त्यसलाई मरम्मत गरेपछि मात्र गन्तव्यमा पुर्‍याउने कुरा श्रोतले बताएको छ । २३ जना क्रु मेम्बरसहित सन् २०१०को अप्रिल १० तारिखको दिनमा अफ्रिकाको मोरालीका लागि रवाना भएको जहाजलाई सोमाली सामुन्द्रिक डाँकूहरुले सेयचेल्लिसको पश्चिमपट्टि २८० नोटिकल माइल टाढा अपहरण गरेका थिए । २५ जना सोमाली डाँकूहरुको समूहले कब्जा गरेको जहाज छुडाउनका लागि सत्तरी लाख अमेरिकी डलर रकमको माग गरेका थिए । विगत केही वर्षयतादेखि सोमाली सामुन्द्रिक डाँकूहरुले कैयौ पानी जहाजहरुलाई अपहरण गरेर पैसा लुट्दै आएका छन् । त्यसमध्येमा ६ वटा जहाजहरुबाट ६४जना भारतीयहरुलाई यसभन्दा अघि नै मुक्त गरिसकेका छन् । यस मुद्धालाई लिएर भारत सरकारले अन्तर्राष्ट्रिय जगतमा कुरा उठाएको छ । यी सामुन्द्रिक लुटेराहरुलाई रोक्न र निर्मुल पार्नको लागि अन्तर्राष्ट्रिय जगतमा पहल भइरहेको छ । श्रोत – टाइम्स् अफ इण्डिया, सुमल, मेस ।