सन्की सिरियल किलर

सन्की सिरियल किलर


1 Ramailo 3
सिरियल किलिङ (शृङ्खलाबद्ध हत्या)सम्बन्धी विभिन्न घटनाबारे हामीले बेलाबखत सुन्दै आएका छौँ । यस्तैमध्ये एक अनौठो सन्दर्भ बेलायतमा हालै सार्वजनिक भएको छ । जोआना डेन्हे नामकी यी महिला अन्य कुनै रिसइबी, लेनदेन या लोभलालचका कारण नभई फगत व्यक्तिगत आनन्दका लागि मानिसको हत्या गर्दथिन् । सिरियल किलर जोआना दुई बच्चाकी आम हुन्, तर मानिसको हत्या गर्दा उनलाई यति आनन्द अनुभूति हुन्थ्यो कि मारिसकेपछि डेड बडीसँग उनी आफ्नो तस्बिर खिच्न रुचाउँथिन् । यति मात्र होइन जम्मा ३१ वर्षको उमेरभित्रै एकपछि अर्को गर्दै १० जनाको हत्या गर्न भ्याइसकेकी यिनले आफ्नै लोग्नेलाई समेत बाँकी राखिनन् । पछिल्लोपटक आफ्ना बाबुको समेत हत्या गरेको झुटो हल्ला फैलाएको अवस्थामा क्रूर एवम् सन्की सिरियल किलर जोआनाको अदालतमा सुनुवाइ चलिरहेको थियो । जब अदालतले उनलाई जन्मकैदको सजाय सुनायो, न्यायाधीशसमक्ष हाँस्दै उनले भनिन्, ‘ओहो † अब म मोटी हुने भएँ, सबभन्दा नमज्जा त मलाई यस कुराले पो बनायो त !’