घर वा कोठालाई सुगन्धित तुल्याउन प्रयोग गरिने एयर फ्रेसनर जतिसुकै सुगन्धित भए पनि त्यसमा प्रयोग हुने केमिकल विषसमान हुने विज्ञहरू बताउँछन् । यस्तो विषालु कुरा दिनहुँ क्यानका क्यान पिउने लत लागेको मानिसको हालत के होला ? तर, अमेरिकाको मिजुरीस्थित केप गिरारडियुनिवासी इबलिन नामक महिला एक सातामै २० क्यान एयर फ्रेसनर बुत्याउँछिन् र पनि बाँचिरहेकै छिन् । विगत तीन वर्षदेखि एयर फ्रेसनर पिउने लतमा परेकी दुई सन्तानकी आमा २७ वर्षीया इबलिनले प्रतिदिन औसत तीन क्यान एयर फ्रेसनर पिउँदै आएकी छिन् । उनी कहिले मुखमा स्प्रे गरेर त कहिले कपमा राखी बरफसँग फ्रेसनर सेवन गर्छिन् । एक फर्निचर पसलमा म्यानेजर रहेकी इबलिनको मुखमा एकपटक दुर्घटनावश एयर फ्रेसनर परेपछि उनमा यो लत बसेको रहेछ । डाक्टरले तत्काल यो लत नत्यागे छिट्टै मृत्यु हुने चेतावनी दिएको छ र पनि उनी एयर फ्रेसनरको सेवन त्याग्नुको साटो मृत्यु अँगाल्न तत्पर छिन् ।
प्रतिक्रिया