प्रदूषणले बढायो कन्डम व्यापार

प्रदूषणले बढायो कन्डम व्यापार


1 Ramailo 5
कुनै सहरमा यदि अत्यधिक प्रदूषण बढ्छ भने त्यहाँ मास्क, एयर प्युरिफायरजस्ता सामग्रीको बिक्री बढ्नुपर्ने हो, तर चीनको बेइजिङवासीले बेग्लै ट्रेन्ड प्रस्तुत गरेका छन् । करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा हालका दिनमा खतर्नाक स्तरमा प्रदूषण बढेपछि अविश्वसनीय रूपले कन्डमको ब्यापार बढेको छ । चीनको अनलाइन सपिङ वेबसाइट ताओबाओ डटकमले जनाएअनुसार कम प्रदूषण भएका सहरको तुलनामा प्रदूषणको स्तर ह्वात्तै बढेका बेइजिङलगायतका सहरमा कन्डोमको बिक्री अप्रत्यासित तवरले वृद्धि भएको छ । प्रदूषणकै कारण बेइजिङमा केही समयका लागि कार सवारीमा प्रतिबन्ध लागेपछि यस्तो अवस्था निम्तिएको पनि बताइएको छ ।