नि:सन्तान दम्पतीका लागि नौलो टिप्स

नि:सन्तान दम्पतीका लागि नौलो टिप्स


1 Ramailo 1
विवाह गरेर पनि सन्तान नजन्मिँदा सन्ताप नमान्ने जोडी विरलै होलान् । बच्चाबिनाको घर शून्य नै हुन्छ । कैयन दम्पती सहज रूपले सन्तानसुख नपाएपछि अनेक दबाई गर्छन् । सम्बन्धित विज्ञको सुझाव भन्दै यौन आसनमा विविधता अपनाउँछन् । तर, आफ्नो यौन–स्वास्थ्यमा कुनै खास गडबडी नभएर पनि सन्तानसुखबाट बन्चित दम्पतीलाई हालै लन्डनको नर्थ मिडिलसेक्स अस्पतालले गरेको एक रिसर्चले सुखको सन्देश दिएको छ । इनफर्टिलिटीको उपचारका लागि अस्पताल आएका ७३ जोडीमाथि गरिएको प्रयोगबाट सिद्ध भएको नतिजा भन्दै अस्पतालले दाबी गरेअनुसार एक घन्टाभित्रै दुईपटक सेक्स गर्ने पुरुष छिट्टै बाबु बन्न सक्छ । यसो गर्दा प्रजनन क्षमतामा तीन गुणा वृद्धि हुने उक्त रिसर्चले देखाएको छ । एक घन्टामा एकपटक यौनसम्बन्ध राख्ने पुरुषबाट केवल ६ प्रतिशत महिला गर्भवती हुन सक्छन् भने एक घन्टामा दुईपटक सेक्स गर्दा उक्त रेसियो २० प्रतिशतले बढ्ने अनुसन्धानकर्ताहरूको दाबी छ ।