डा. चालिसेद्वारा डर्हाम विश्वविद्यालयमा संवोधन

डा. चालिसेद्वारा डर्हाम विश्वविद्यालयमा संवोधन


लण्डन । बेलायतमा लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गत ७ तारिख स्कूल अफ गभर्न्मेन्ट र इन्टरनेशनल अफेयर्सको निमन्त्रणामा नेपालको विकसित राजनीतिक अवस्था र शान्ति प्रक्रियाको बारेमा लगभग चालिस मिनेटसम्म पावर पोइन्टको प्रयोग गरी विस्तृत रुपमा प्रकाश पारेका थिए ।
अनमिनको प्रत्यक्ष निगरानीमा माओवादी लडाकुहरुलाई वास्तविक पहिचान गरी क्यान्टोनमेन्टमा राख्नेदेखि लिएर संयुक्त पहलमा एक स्थायी सरकारको गठन भएको यस अवधिभित्रको महत्वपूर्ण कार्य हो भन्ने आफ्नो प्रस्तुतिको शुरुमा व्यक्त गर्ने राजदूत चालिसेले वर्तमान अवस्थामा सोही प्रक्रियालाई स्थायी रुपमा संस्थागत गराउने प्रयास गम्भीरताका साथ भइरहेको बताएका थिए ।
सो विश्वविद्यालयका सोसियल साइन्स तथा हेल्थ फ्याकल्टीका प्रोफेसर तथा भाइस चान्सेलर रोबिन कोनिङघामले राजदूत चालिसेलाई स्वागत गरेका थिए भने राजदूतको प्रेजेन्टेसनपछि राखिएको प्रश्नोत्तर चरणलाई अन्थ्रोपोलोजी डिपार्टमेन्टका डा. बेन क्याम्प्बेलले संचालन गरेका थिए, जसमा प्रोफेसरहरु, शोधकर्ताहरु र सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एक प्रश्नकै शिलशिलामा राजदूतले उच्चस्तरीय राजनैतिक निकाय तथा संयन्त्रको निमार्ण गत साल दलहरुबीचको राष्ट्रिय सहमति बनाउनका लागि सात महिना लामो छलफल भएको, जसमा प्रत्यक्षतः लाग्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका तत्कालीन अध्यक्ष गिरिजा प्रसाद कोइराला यसैसम्वन्धी आआफ्ना मन्तव्यहरु दिएका थिए र पार्टीहरु सोहीवमोजिम कृयारत रहेको तर गिरिजा प्रसाद कोइरालाको निधनपछि भने सो प्रक्रिया गतिहीन भएकोबारे चर्चा गरेका थिए ।
साँझपख, Institute of Hazard, Risk and Resilience Research (IHRR) को भ्रमण गर्ने क्रममा, डा. चालिसेले नेपालको मध्य पहाडी क्षेत्रमा लामो समयसम्म रही त्यहाँ हुने प्राकृतिक समस्याहरुबारे अध्ययन गरेका डा. क्याटी ओवेनसँग भेटी, नेपाललाई अनुसन्धानात्मक कार्य गरेर आएकोमा उनलाई धन्यवाद दिएका थिए ।-श्रोतः दूतावास