लण्डनमा मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके नाइट हुने

लण्डनमा मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके नाइट हुने


Contestants 4लण्डन । आगामी जनवरी ४ मा मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके नाइट हुने भएको छ । लण्डन फेशन हाउसले क्लिक टु रिचको सहकार्यमा लण्डनको ह्यारो बरो फूटबल सेन्टरमा यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

लण्डन फेशन हाउसले बेलायतमा रहेका बालबालिकाहरुको प्रतिभा उजागर गर्न मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके प्रतियोगिता बिगतमा गर्दै आएको थियो । यसपालि भने बालबालिकाहरुको प्रतिभा उजागर गर्नुबाहेक उनीहरुलाई सम्मान गरी समुदायमा सहभागिता बढाउन पनि यो कार्यक्रमले सहयोग गर्ने आयोजकको बिश्वास छ । आयोजक लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डंगोल श्रेष्ठले बेलायतमा रहेका बालबालिकालाई नेपालमा गएको महा भूकम्पको पुननिर्माणमा संलग्न गराउने उद्येश्य रहेको बतार्इन्।

आयोजक श्रेष्ठले भूकम्प पीडितहरुको लागि ‘कोशिश’ प्रोजेक्ट शुरु गर्न लागिरहेको जानकारी दिँदै भनिन्- ‘बेलायती धर्तीमा जन्मे हुर्के पनि शरीरमा नेपाली रगत लिएर बाँचेका हाम्रा भावी पुस्ताले नेपालको पुन:निर्माणमा साथ दिन लागेकोले खुशी लागेको छ।’

Contestants 5‘कोशिस’ को पहिलो कदम स्वरुप आयोजना गर्न लागेको ‘मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट २०१६’ मा पूर्व प्रतियोगितामा बिजयी भाइबहिनीहरुले नेपाली भेषभूषा र संस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति, नृत्य, र फेसन शो गर्नेछन् । आयोजक श्रेष्ठका अनुसार प्रथम मिस टिन, मास्टर / मिस लिटल नेपाल यूके प्रतोयोगिताका शीर्षक बिजेताहरुलाई सम्मान पनि गरिनेछ ।

master little nepal uk 2013 14.53.31बालिकाहरुको प्रतिभालाई अझै जागृत गर्न र सम्मान गरि बढावा दिन उक्त कार्यक्रमलाई निरन्तरता दिएको भन्दै लण्डन फेशन हाउसकी श्रेष्ठले यसै कार्यक्रममा सन् २०१६ मा हुने द्वितीय मास्टर / मिस लिटल नेपाल बेलायत प्रतोयोगिताको पनि जानकारी दिने बतार्इन् । लण्डन फेशन हौस ले २०१३ मा गरेको प्रतियोगितामा मिस टिन तर्फ़ अलिजा क्षेत्री बिजेता, डेनिषा रिजाल फस्ट रनर अप र अनुषा क्षेत्री सेकेन्ड रनर अप भएकी थिर्इन् ।

MISS TEEN NEPAL UK 2013त्यसैगरी मिस लिटल नेपाल यूके २०१३ मा प्रतिष्ठा त्रिपाठी बिजेता, सामी श्री प्याकुरेल फस्ट रनर अप र सुभावानी कार्की सेकेन्ड रनर अप भएकी थिर्इन् । मास्टर लिटल नेपाल यूके २०१३ तर्फ़ अशितोष शाह बिजेता, कृतन श्रेष्ठ फस्ट रनर अप र अक्क्षयत सैंजु सेकेन्ड रनर अप भएका थिए ।

miss little nepal uk 2013 21.48.24त्यसै गरी विभिन्न शीर्षक अन्तर्गत नेहा खरेल, मिस फोटो जेनिक, मुस्कान श्रेष्ठ बेस्ट ड्रेस, चाँदनी गुरुङ मिस ट्यालेन्ट, ओस्कार ओझा मास्टर ट्यालेन्ट, सिजल त्रिपाठी मिस क्युट , साम्राज्य कार्की मास्टर क्युट, अबिग्या रानाभाट मिस टिन पब्लिक च्वाइस, प्राचिनमान सिंह कार्की मास्टर पब्लिक चोइस र सुबिन घले मिस लिट्टल पब्लिक चोइस चयन भएका थिए ।
-दिनेश कुमार परियार