धनीहरुलाई यूकेमा सरकारी स्वागत

धनीहरुलाई यूकेमा सरकारी स्वागत


लण्डन । धनी आप्रवासी जसले पचास लाख पाउण्ड यूकेको बैंकमा जम्मा गराउन सक्दछ, त्यसले साविकको समय पाँच वर्षभन्दा दुर्इ वर्षअघि यूकेमा स्थायी बसोबास गर्ने कानूनी अधिकार पाउने नियमलाई गृह सचिव थेरेसा मेले हिजो सार्वजनिक गरेकिछिन् ।
यूकेमा केहीअघिबाट रोजगारीमा देखिँदै गएको समस्याको स्थायी समाधान खोज्ने क्रममा ल्याउन लागिएको मानिएको यस प्रकृयामा अब बिस्तारै कामदारहरुलगायत विद्यार्थी आप्रवासीहरुका संख्यामा भारी कटौति गरिन थालिएको बुझिएको छ । विदेशी धनी आप्रवासीहरुलाई यूकेमा व्यवसाय गरी रोजगारीको सिर्जना गर्न सक्ने ल्याकतलाई ध्यानामा दिई तिनलाई स्थायी बसोबासको अधिकार दिने क्रमलाई सजिलो र छिटो बनाइने सोही जानकारीमा जनाइएको छ । एक करोड पाउण्ड यूकेको बैंकमा राख्नेहरुले त दुई बर्षमा नै स्थायी बसोबासको अधिकार पाउँदछन् । दश लाख पाउण्ड मात्र राख्ने धनीहरुले भने पाँच वर्षपछि सेटलमेन्टअन्तर्गत स्थायी बसोबासको अधिकार पाउँदछन् ।
अधिकारीहरुले गत वर्षको २७५ जना त्यस्ता सुपर धनीहरुको संख्या यो नयाँ नियमले गर्दा यो वर्ष दुई गुणा बढ्ने विश्वास राखेका छन् । -देब, मेस, Source-Guardian