साइबर ठगहरुबाट चन्दादाताहरु ठगिँदै

साइबर ठगहरुबाट चन्दादाताहरु ठगिँदै


लण्डन । साइबर अपराधीहरुले इमेलमार्फत मानिसहरुलाई झुक्याएर जापानको विध्वंसकारी महाभूकम्प र प्रलयकारी सुनामीबाट पीडित मानिसहरुका लागि चन्दा संकलन गर्ने निहुँ गरेर धमाधम पैसा ठग्ा्दै गरेका समाचारहरु प्रकाशमा आएको छ । पीडितहरुका यस असिम दुःखद घडीमा आफ्ना परिवारजन्हरु हराइरहेका बेलामा उनीहरु परिवारका सदस्यहरुका समाचारबारे व्यग्र भएर प्रतीक्षारत् छन् यसै अवसरको फाइदा उठाउँदै निर्दयी ठगहरुले इमेलमार्फत परिवारजनहरुलाई उनीहरुका हराइरहेका परिवारहरुबारे मृत्यु भइसकेका जस्ता गैरजिम्मेवारीपूर्ण इमेलहरु सम्प्रेषन गरेर झनै दुःखी बनाउँदै र मौकाको फाइदा उठाउँदै पैसा ठग्ने प्रयास गर्दै छन् । हिजो एउटा साइमनटेक कम्प्युटर फर्मले ठगहरुले इमेलमार्फत “अर्जेण्ट” मार्क गरेर सुनामी पीडितहरुका लागि आर्थिक सहयोग भनी अपील गर्दै ठग्दै गरेका छन् भनेर सर्वसाधारणलाई इमेलमार्फत सावधान गरेको छ ।
एकजना जोसेफ ब्रिजारी नाम गरेका छद्मनामधारीले महाभूकम्पबाट मृत्यु भएका व्यक्तिको बक्सभित्र राखेको एक करोड बीसलाख रकम पचास प्रतिशत बाँडेर लिनका लागि इमेलमार्फत सन्देश सम्प्रेषन गरेका कुरा साइमनटेकका समीर पटेलले भनेका छन् । उनले यसबारे जानकारी दिँदै…. जापानमा महाभूकम्प र सुनामी आएको केह घण्टाभित्र नै साइमनटेकका रिसर्चरहरुले “जापानमा सुनामी” अर्थात् “जापानमा महाभूकम्प” नाम गरेका ५०वटा डोमेइनहरु पत्ता लगाएका थिए र यी डोमेइनहरुमार्फत मानिसहरुलाई पासोमा पारेर पैसा ठग्ने काम गर्दै आएका छन् … भनेर उद्धृत गरेका छन् । यस्ता विध्वंसकारी प्राकृतिक प्रकोप भएको बेलामा पहिले पहिले पनि मानिसहरुलाई विभिन्न जिप फाइलहरु निर्माण गरेर वेबमा स्पामको मार्फत आक्रमण गर्दथे । यस्ता ठगहरुले सामाजिक संस्थासँग आबद्ध वेबसाइटहरुमार्फत अटैच हुँदै आक्रमण गर्दछन् र यसै अवसरलाई लक्षित गरेर धेरै यस्ता धोखाघडी गर्ने डोमेइनहरु बग्रेल्ती निर्माण हुनेछन् भनेर साइमनटेक कम्पनीले सावधान गर्दै सर्वसाधरणलाई जनाएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।