सुन्दरी बितेपछि हाय–हाय !

सुन्दरी बितेपछि हाय–हाय !


ramailo 6
ड्रग्स र वेश्यावृत्तिको कुलतमा फसेकी एक बेलायती पूर्वसुन्दरी आफ्नै बिछ्यौनामा मृत फेलापरेकी छिन् । सन् २००७ मा प्लायमाउथ मोडल कम्पिटिसनमा वर्षकै उत्कृष्ट अनुहार भएकी सुन्दरीको उपाधि जित्न सफल नताली जेन्टल मिडियामा वेश्यावृत्ति, ड्रग्स सेवनलगायत अनेक गलत धन्दामा लिप्त रहेकी युवतीको रूपमा छाउँदै आएकी थिइन् । आफ्नोबारेमा यस्ता चर्चा चल्न थालेपछि उनी गहिरो अवसाद (डिप्रेसन)को सिकार भएकी थिइन् । यति मात्र होइन, नतालीले आफ्नो निवासमा पुरुषहरूलाई बोलाएर खुलेआम यौन क्रियाकलाप गर्ने गरेको र यौन सम्बन्ध राखेको बेला चर्को आवाज निकालेर डिस्टर्व गरेको भन्दै उनका छिमेकीहरूले स्थानीय अदालतमा उजुर गरेका थिए । त्यसपछि ‘घरलाई वेश्यालयमा परिणत गरेको’ अभियोगमा अदालतले उनको घरमा पुरुषको प्रवेश नै वर्जित गरिदिएको थियो । हेरोइनलगायतका नशालु पदार्थ सेवनका कारण पटक–पटक अदालतको कठघरामा उभ्याइएकी नताली संसार छोड्दा जम्मा ३२ वर्षकी थिइन् । मृत्युपछि भने छिमेकीमध्येका कतिपयले नताली असल दिलकी महिला रहेकी र उनको मृत्युको निम्ति विरोधीहरू तथा अदालत जिम्मेवार रहेको भन्दै दु:खेसो गरेका छन् ।