विश्वकै मोटेले छोडे संसार

विश्वकै मोटेले छोडे संसार


ramailo 5
संसारकै सबभन्दा मोटा व्यक्तिको पहिचान पाएका मेक्सिकोनिवासी आन्द्रे मोरिनोको हर्टएट्याकका कारण निधन भएको छ । चार सय ४४ केजी तौल भएका मोरिनोलाई क्रिसमसका दिन बिहान एम्बुलेन्समार्फत अस्पताल लैजाँदालैजाँदै बाटैमा मृत्यु भएको हो । जीवित भएको अवस्थासम्म आन्द्रे संसारकै सबभन्दा मोटा व्यक्तिका रूपमा गिनिज बुकमा दर्ता थिए । अत्यधिक मोटो शरीरका बाबजुद बिना कुनै प्राविधिक सहयोग श्वास लिँदै आएका मोरिनोले सामान्य जीवन जिउने चाहना राख्दै आएका थिए । मोरिनोको तौल प्रकाशमा आउनुअघि मेक्सिकोकै म्यानुल उरिबे नामक व्यक्ति विश्वका मोटा व्यक्ति रहेका थिए । उनको तौल पाँच सय ९७ केजी थियो । गत वर्ष ४८ वर्षको उमेरमा उनको मृत्यु भएको थियो । स्मरण रहोस्, मेक्सिको मोटेहरूको देशका रूपमा पनि चिनिन्छ । सन् २०१३ मा मेक्सिकोलाई विश्वकै मोटा व्यक्तिहरूको देश घोषित गरिएको थियो ।