संसारको सबैभन्दा महंगो कुकुर

संसारको सबैभन्दा महंगो कुकुर


लण्डन । चीनको तिब्बतमा एक रातो रंगको कुकुरलाई हालै एक चिनियाँ कोइला ब्यापारीले एक करोड चाइनिज युआनमा खरिद गरेर आश्चर्यजनक समाचार बनेका छन् । एक करोड युआन भनेको दश लाख पाउण्ड हो र त्यो रकमको मूल्य कुकुरको लागि अतिभन्दा ‘अति’ हो भन्ने सर्वत्र चर्चा भए तापनि रातो रंगको उक्त ‘टिबेटन मास्टिफ बिग स्प्लाश’ जातको कुकुरलाई खासगरी तिब्बतमा पुज्य कुकुर अर्थात् होली डग मानिन्छ नै, र त्यहाँ कुकुर पाल्नु भनेको धनीहरुको प्रतिष्ठाको उच्चतम अवस्था पनि मानिछ र मुख्य कुरा, रातो रंगलाई सम्वृद्धिको प्रतीक मानिन्छ । र अनौठो यस्तो पनि छ, कि तिब्बेतीयनहरु मान्दछन् कि, तिब्बतमा जन्मेका कुकुरहरुमा ‘मोङ्क्स’ र ‘नन्स’का आत्माहरु बसेको हुन्छ, किनकि, तिनीहरुरु मानिस भएर जन्मनुका लागि निम्नतम रुपमा पवित्र भएनन् । यी सबै विशेषताले गर्दा ‘बिग स्प्लाश’को मूल्य त्यत्तिको चर्केको हो ।
एक सय पचास केजी तौलको सो कुकुर मात्र एघार महिना पुगेको छ । अन्य भाग्यमानी कुकुरहरुलाई हप्ताभरि खान पुग्ने चिकेन, विफ, कड लिभर र रो बोन्सहरु सो बिग स्प्लाशले एकै छाकमा खाने गर्दछ । यस्तो प्रकारका कुकुरहरुका मालिकहरुमा रानी भिक्टोरिया, राजा जोर्ज, चेङ्गेज खान आदि मुख्य रुपमा पर्दछन् ।-देब, मेस,