बाह्र हजार युवतीसँग यौनसम्पर्क

बाह्र हजार युवतीसँग यौनसम्पर्क


युवतीसँग यौनसम्पर्क

पैसाको प्रलोभन दिएर १२ हजार युवतीसँग यौनसम्बन्ध राखेको आरोपमा जापानमा एक विद्यालयका पूर्वप्रिन्सिपललाई दुई वर्षको जेल सजाय सुनाइएको छ । नाबालिक किशोरीहरूको नाङ्गा तस्बिर खिच्ने गरेको आरोपसमेत लागेका ताकाशिमा नामक ती पूर्वशिक्षक सन् १९८८ मा मनिलास्थित एक जापानी स्कुलमा नियुक्ति पाएलगत्तैदेखि रकम दिँदै यौनसम्पर्क राख्ने कर्ममा लिप्त रहेका थिए । सुरुमै १४ वर्षीया नाबालिकाको यौनशोषण गरेको प्रकरणमा कारबाहीको दायरामा आएका ताकाशिमाले दोहोर्‍याएर त्यस्तो अपराध नगर्ने कबुल गरेकै भरमा जेल जानुबाट उन्मुक्ति पाएका थिए । तर, त्यसयताको २७ वर्ष अवधिमा पैसा दिएकै भरमा उनले १२ हजार युवतीको अस्मिता लुट्न भ्याएका अनुसन्धानबाट खुलेको छ । आफूले युवतीहरूसँग यौनसम्बन्ध राख्दै गरेको अवस्थाको तस्बिरसमेत खिच्ने गरेका ताकाशिमाको साथबाट त्यस्ता तस्बिरले भरिएका चार सयवटा एल्बमसमेत फेलापरेको छ । आर्थिक अभावबाट गुज्रिएका महिलाको कमजोरी समातेर यौनतुष्टि मेटाउँदै आएका ताकाशिमाले अदालतसमक्ष आफूले खेलेका यौनखेलको सम्झना ताजा रहिरहोस् भनेर त्यसरी तस्बिर सङ्कलन गर्ने गरेको बयान दिएका छन् ।