कर्नल गद्दाफीलाई ब्रिटिश सरकारबाट चेतावनी

कर्नल गद्दाफीलाई ब्रिटिश सरकारबाट चेतावनी


लण्डन । कर्नल गद्दाफीले सशस्त्र आन्दोलनकारी जनताहरुकको विरुद्धमा घातक आक्रमण गर्ने र आन्दोलनकारीहरुबको अधिकारमा रहेको शहरलाई फेरि कब्जामा लिने भन्दै कठोर सन्देश फिँजाएकोलगत्तै संयुक्त संघको म्याण्डेटसहित पश्चिमी राष्ट्रहरुले हवाइ हमाला गर्ने योजना बनाएको थियो । त्यसैलाई आधार बनाएर युरोपबाट सो लडाइको अगुवाइ गर्न थाल्दैको ब्रिटिशले कर्नल गद्दाफीलाई राज्य छोड्नको लागि भनेको छ ।
प्रधानमन्त्री क्यामेरुनले एक संचार माध्यामबाट गद्दाफीलाई आफ्नो चालीस वर्षीय शासनको अन्त्य नगरे पूर्ण रुपको पश्चिमेली आक्रमणको सामना गर्न तयार हुने चेतावनी दिएका थिए । त्यसको लगत्तै कद्दाफीले लिब्यामा आफ्नो तर्फबाट सिज फायरको घोषण गरेका थिए तर विशेषज्ञहरुले यो गद्दाफीको समय बचाउने ध्याउन्न हो भनेका छन् र यसैबीच विभिन्न श्रोतहरुले, सो युद्ध विराममा पनि आन्दोलनकारीहरुतर्फ हमला गर्ने कार्य नरोकिएको बताइएको छ ।
RAF GR4 Tornado ग्राउण्ड अट्याक जेट्सहरु इटलीका लागि उडिसकेकाछन्, त्यहाँबाटै फ्रेन्च, क्यानेडियन पाइलटहरुको साथले चारैतिरबाट लिब्याको सरकारी अधीनस्त क्षेत्रमा हमला गरिने योजना रहेको बताइएको छ ।
-देब, मेस, श्रोत मिरर