उपचारमा फायर थेरापी

उपचारमा फायर थेरापी


fire therapy
हरेक रोगको आ–आफ्नै लक्षण हुन्छ र लक्षणको आधारमा रोगको उपचार–विधि पनि अलग–अलग नै हुन्छ । यस्तोमा चीनमा यतिबेला फायर थेरापीद्वारा रोगको उपचार गर्ने प्रयत्न जोडतोडले गरिएको समाचार प्रकाशमा आएको छ । उपचार पद्धतिमा फायर थेरापी हाम्रो सन्दर्भमा निश्चय पनि नौलो विधि हो, किनकि यस थेरापीमा बिमार व्यक्तिको शरीरमा अल्कोहल छर्किएर त्यसमा आगो लगाइन्छ । सम्बन्धित एक्सपर्टका अनुसार यस थेरापीबाट तनाव, अवसाद (डिप्रेसन), अपच एवम् बाँझोपनदेखि क्यान्सरसम्मको उपचार सम्भव हुन्छ । आश्चर्यको कुराचाहिँ यो छ कि चीनमा यो विधि विगत सय वर्षभन्दा बढी समयदेखि प्रयोगमा रहेको बताइन्छ ।