किन ताके गद्दाफीले पुटिनकी छोरी ?

किन ताके गद्दाफीले पुटिनकी छोरी ?


daughter of putin
सन् २०११ मा सत्ताच्युत भएलगत्तै हत्या गरिएका लिबियाका तानाशाह कर्नेल गद्दाफीले आफ्नो सत्ता–शक्ति कायम राख्नका लागि रुसका राष्ट्रपति पुटिनकी सुन्दरी छोरीमाथि दृष्टि लगाएको खुलासा भएको छ । कुनै बेला गद्दाफीका सल्लाहकार रहेका मुहम्मद अब्द अल मोतालेव हाउनीले अल अरेबियालाई दिएको अन्तर्वार्तामा खुलासा गरेअनुसार लिबियाली जनताका अलावा संसारभरबाट सत्ता छोड्न तीव्र दबाब परेपछि सत्ता बचाउन गद्दाफीले पुटिनसँग दोस्ती बढाउने सोच बनाएका थिए । यसका लागि स्टाइलिस पुटिनकी स्टाइलिस एवम् सुन्दरी पुत्रीलाई बुहारी बनाएर भित्र्याउने सोच उनले बनाएका थिए । आफ्नो माइलो छोरा सैफ अल इस्लामका लागि उनले पुटिनसँग सोझै छोरीको हात मागेका थिए । तर, गद्दाफीको सो प्रस्तावलाई विश्वराजनीतिक मञ्चका धुरन्धर खेलाडी पुटिनले बडो कुटिलताका साथ पन्छाइदिए । हाउनीका अनुसार गद्दाफीलाई पुटिनको जवाफ थियो, ‘खै † मेरी छोरीले सैफ भन्ने युवक नै चिन्दिनन् ।’