
तस्बिर हेर्दा यी महिला कुनै मोडलिङको सिलसिलामा बिकिनीमा प्रस्तुत भएकी हुन् भन्ने लाग्न सक्छ । तर, यी कुनै मोडल या अभिनेत्री होइनन् बरु राजनेता हुन् । संसारकै ‘हट राष्ट्रपति’को रूपमा चिनिएकी यिनी हुन् क्रोएशियाकी प्रथम महिला राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक । १९ फेब्रुअरी २०१५ मा राष्ट्रपति चुनिएकी ४७ वर्षीया कोलिन्दा दुई सन्तानकी आमा हुन् । राष्ट्रपति निर्वाचित हुनुअघि नाटोमा सहायक सचिवको पदमा काम गरेकी उनी उक्त ओहोदा सम्हाल्ने प्रथम महिला पनि हुन् । यति मात्र होइन, सन् २००५ देखि २००८ सम्म कोलिन्दा क्रोएसियाकी विदेशमन्त्रीसमेत रहिसकेकी छिन् । क्रोएसियाली जनता उनको काम मात्र होइन ‘हट’ या ‘सेक्सी’ पर्सनाल्टीप्रति नतमस्तक छन् । कोलिन्दाले राष्ट्रपतिको ओहोदा हासिल गर्नुमा यही ‘हट’ छविले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
प्रतिक्रिया