जाल हान्दै हिँड्ने सुन्दरी आफै धरापमा !

जाल हान्दै हिँड्ने सुन्दरी आफै धरापमा !


आफूलाई डिआइजीको छोरीको रूपमा चिनाउँदै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई ठगी र लुटपाट गर्दै हिँड्ने एक युवती प्रहरी फन्दामा परेकी छिन् । काठमाडौंका एक युवकलाई प्रेमको नाटक गरेर भारतको नयाँदिल्ली पुर्‍याई बन्धक बनाएर ब्ल्याकमेलिङ गरेपछि गुल्मी हस्तीचौरकी २३ वर्षीया सुन्दरी भगवती केसीलाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालको विशेष निर्देशनमा पक्राउ गरिएको हो । आफूलाई डाक्टर सुहाना केसी भनेर चिनाउन समेत पछि नपरेकी भगवतीको जालबाट युवकलाई उम्काएर स्वदेश ल्याउने कार्यमा समेत प्रहरीले सफलता पाएको छ ।
Bhagawati Kc Thag
दिल्ली प्रहरीसँग उच्चस्तरको समन्वय गरी युवकको उद्धार र युवती पक्राउ गर्न सफल भएको उल्लेख गर्दै एसएसपी खनालले अनुसन्धानको क्रममा युवतीले ९ वटा सिम कार्ड प्रयोग गरेर गत वैशाख यतामै ६ जना कलाकार, होटल ब्यवसायी र डाक्टरहरूलाई ठगेको बताए । तिनले यसअघि पोखरा र काठमाडौंका विभिन्न ठूला होटलमा ठगी गर्ने गरेको पनि प्रहरीले जनाएको छ । नक्कली डाक्टर बनेर पोखराको फेवा अस्पतालमा काम गरेकै अवस्थामा समाचार सार्वजनिक भएपछि भगवती भागेर काठमाडौं आई ठगीमा संलग्न भएकी थिइन् । यतिबेला कारवाहीको सिलसिलामा उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छिन् ।