आकाशमा सुपर मून अर्थात् विशाल चन्द्रमा

आकाशमा सुपर मून अर्थात् विशाल चन्द्रमा


लण्डन । गत १९ तारिख, शनिबार, पृथ्वीबाट जम्मा २२०,६२५ माइल टाढाबाट पृथ्वीलाई परिक्रमा गर्दै गरेको विशाल आकारको चन्द्रमा यहाँ यूकेमा पनि धेरैले अवलोकन गरे । सन् १९९२, जनवरी १९ तारिखको रातमा आकाशमा देखिएको यस सुपर मून बीस वर्षपछि पृथ्वीको यति नजिकबाट गुज्रिएको थियो । पृथ्वीबाट नजिक भनेको २२०,६२५ माइलको दूरीलाई रेकर्ड गरिएको छ भने टाढा भनेको २५०,००० माइलको दूरी हो ।
साधारणतया देखिने चन्द्रमाभन्दा तीस प्रतिशत चहकिलो देखिएको सो सुपर मून, चौदह प्रतिशतले ठूलो देखिएको नासाको तथ्यांक रहेको छ ।-देब, मेस