गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका

गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका


4-IMG_0402लन्डन । सन् २०१६ को नयाँ बर्षको आगमनसँगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा गोर्खा सांस्कृतिक साँझको आयोजना गर्दै आइरहेकोछ । उक्त कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित कलाकारहरु गायिका सुनिता दुलाल, इन्दिरा जोशी र बरिष्ट नृत्य निर्देशक गोविन्द राई बेलायत आएका हुन् । यही शनिवारका दिन गोर्खा सांस्कृतिक सांझले रेडिंगमा एक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा भने चर्चित गायक आनन्द कार्की पनि अतिथि गायकको रुपमा सामेल भएर धेरै दर्शकहरुलाई नचाएका थिए । “यी हल्लाहरु हुन् तिमीले सुनेका, जे जे हुनेछ यहाँ पर्दा पछाडि नै हुन्छ, भरे आउँछु सपनीमा र बनमा फुल्यो फूल जस्ता चर्चित गीत गएर भरपुर मनोरंजन दिलाएका थिए ।
3-IMG_0375त्यस्तैगरी गीत तथा नृत्यमा निकै चर्चा कमाउन सफल इन्दिरा जोशीले नेपालको ब्वार्तामान परिवेशलाई सुहाउने उनको पुरानो देशभक्ति गीत गायकी थिइन् भने रातो घांगर बोलको गीतले सबैलाई तताएकी थिइन् । स्थानीय कलाकार हरुमा रोमीयन लिम्बू, स्वस्तिका लिम्बू र नुमा लिम्बूले पनि जोडदार नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । त्यस्तैगरी स्थानीय गायक दौलत राइले आफ्नो नाम दौलत भए पनि आफूसँग प्रशस्त दौलत नभएको र जुन गोरुको पुच्छर छैन। त्यही गोरुको नाम फुर्के भन्ने नेपाली उखानलाई मनन गर्दै चित्त बुझाउनु परेको भन्दै रमाइलो गर्दै उनको नयाँ एल्बम ‘लभ यू अल” बाट केही गीत गएर सुनाएका थिए भने ओडा नम्बर ६ को सुर्के थैली बोलको गीतमा दर्शकलाई नचाउँ सफल भएका थिए ।
6-IMG_0406गायिका सुनिता दुलालले पनि स्टेज निकै तताएकी थिइन् ” मेरो बन्न नसेक पनि पराइ नबनिदेउ…. भन्दै स्टेजमा उत्रिएकी सुनिताले मेरै दिलमा फुल्योउ निरमाया, मेरो सिउँदो छ खाली, एकोहोरो भाकोछु जस्ता गीतहरुले मनोरंजन दिएकी थिइन् भने उनको भर्खरै मात्र बजारमा आएको नयाँ रिमिक्स गीतले सबैलाई स्टेजतिर तानेको थियो । उक्त गितमा स्वर: ध्रुबराज खड्का, सुनिता दुलाल र घमेश दुलालको रहेकोछ भने शब्द संगीत ध्रुबराज खड्का र सुरेश खड्का कोरहेको जसलाइ गोबिन्द राइले निर्देशन/ कोरियोग्राफर गरेका छन् । सोही गीतमा दर्शकहरुले सुनितालाई टोपी लगाइदिएर पैसा पनि सिउरिदिएका थिए, तर उनले उक्त प्राप्त रकमलाई सिन्धुपाल्चोकका भूकम्प पीडीतलाई न्यानो कम्बल किनेर सहयोग गर्ने बचन गरेकिछन् ।
5-IMG_0385नृत्य निर्देशन क्षेत्रका एक सफल व्यक्तित्व भएका गोबिन्द राई (बुथुरे कान्छा) ले पनि सबैलाई नाचौं नाचौं पारेका थिए । रेखा थापा, अरुणिमा लम्शाल, ऋचा घिमिरे, निशा अधिकारीलाइ सफलता दिलाउन उनकै हात रहेकोछ । त्यस्तैगरी गोर्खा पल्टन, नैन रेशम जस्ता थुप्रै सफल चलचित्रको पूर्ण रुपमा कोरियोग्राफरको भूमिका निभाईसकेका राइ कैयौं पुरस्कारहरुबात पनि सम्मानित भइसकेकाछन् ।
075-IMG_0294उक्त कार्यक्रमको संचालन बेलायत निवासी समाजसेवी सरला थापाले गरेकी थिइन् ।
1-IMG_0191
-तस्वीरसहित नरेन्द्र बस्नेत