मृत छोरा घरमै प्रकट भएपछि…

मृत छोरा घरमै प्रकट भएपछि…


काठमाडौं । मृत्यु भएको भनेर भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत जेठमा पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो । तर, परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेपछि गाउँले तीनछक्क परेका थिए । वास्तवमा सुस्तःमनस्थितिका भूपाल भारत पुगी अलमलिएका रहेछन् ।
images
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । ट्र्याक्टरबाट लडेर उनको मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भनी अनुसन्धान गर्न प्रहरीले माथापच्ची गर्न थालेको छ भने मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरे पनि उनका अभिभावकले कसले के भन्छन् सुन्दैनौँ, छोरा घरमै लगेर राख्छौँ भन्दै कुरीति तोड्ने साहस प्रदर्शन गरेका छन् ।